आज : २०२६-०६-२४, बुधबार

आन्दोलनको मापन नागरिक होइन प्रहरीका टाउका गनेर हुन्छ : खगेन्द्र संग्रौला

काठमाण्डौ – लेखक तथा विश्लेशक खगेन्द्र संग्रौलाले नागरिक नभई प्रहरीको टाउको गनेर नागरिक आन्दोलनको शक्ति नापिने बताएका छन् ।  बृहत् नागरिक आन्दोलनले शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको मार्चपासलाई सम्बोधन गर्दै उनले तानशाह डराएपछि आफूसँग भएका सबै शक्ति नागरिकका आगाडी पठाउने बताए ।

संग्रौलाका अनुसार: ‘तनाशाह जब डराउँछ, नागरिकका अगाडी आफूसँग भएका सबै शक्ति पठाउँछ ।  त्यसले प्रहरी पठाउछ, सेना पठाउछ, र तोप पठाउँछ ।  त्यसले नागरिक आन्दोलन तपाईंहरूको प्रयत्नबाट बलियो भइरहेको छ’ उपस्थित जनसमुदायहरुलाई औल्याउदै भनेका थिए। 

संग्रौलाले नेपाली सेनाले नागरिक खेल्ने र डुल्ने टुँडिखेल कब्जा गरेको समेत बताए ।  नेपाली सेनाले सधैँ टुँडिखेल बन्द गरेर राखे यो शहरका सभ्य नागरिकले बाटिका बनाउनका निम्ति टुँखिलको ढोका फोर्ने उनले बताए ।

‘आज हामीले टुँडिखेल नागरिकको हो भनेर उद्घोष गरेका छौँ । टुँडिखेल नागरिक हुने छ,’ उनले भने ‘आज हाम्रो लागि टुँडिखेलको ढोका खोलिएन ।  यदि सधैँ टुँडिखले बन्द भयो भने टुँडिखेलको ढोका फोरिने छ ।’