News Portal

प्रधानमन्त्री ओली पूर्वएमालेभित्रको गुटको नेता जस्तै: गगन थापा

हिमाली संचार संवाददाता
७१५ पटक

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली पूर्वएमाले भित्रको पनि एउटा गुटको नेता जस्तो देखिएको टिप्पणी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान अन्तर्वाताका क्रममा थापाले प्रधानमन्त्री ओली चरम अनुदारवादीका रुपमा आएको बताए । सरकारको विरोधीहरू ‘अरिंगाल’ झैँ खनिन भनेर ओली दिएको निर्देशनको जवाफमा कांग्रेस नेता थापाले चरम अनुदारवादी नेताको संज्ञा दिएका हुन् ।

‘प्रधानमन्त्री केपी ओली पूर्वएमालेभित्रको पनि आफ्नो गुटको नेता जस्तै अहिले पनि देखिनु भएको छ’, उनले भने, ‘उहाँमा चरम अनुदारवादी चरित्र छदै छ । प्रधानमन्त्री हुँदा बदलिनु पर्ने थियो । बदलिन सक्नु भएन ।’

कांग्रेसका युवा नेता थापाले प्रधानमन्त्री ओलीलाई आफूले पूर्वएमाले भित्रको एउटा गुटको नेताबाट बल्न दिएको सुझाव स्मरण पनि गरे । ‘मैले तपाई देशको प्रधानमन्त्री हो भनेको थिए’, उनले भने, ‘उहाँ सुध्रिने छाँटकाँट देखिनु भएन । उहाँ देशको प्रधानमन्त्री हो बोल्दा के हुन्छ विचार गर्नुपर्छ । अब उहाँ पूर्वएमालेको गुटको नेता होइन ।’

ओलीको अभिव्यक्तिले देशलाई सहमतिमा भन्दा पनि अराजकता र हिंसातिर लैजाने संकेत गरेको उनले आरोप लगाए । थापाले भने, ‘उहाँले बोल्ने यस्ता गुटका अभिव्यक्तिमा कांग्रेसले धेरै टिकाटिप्पणी गर्नु आवश्यक रहँदैन । ‘अरिंगाल’हरू आफै बेपत्ता हुन्मछन् ।’

केपी ओलीले सरकारको नेतृत्व सम्हालेपछि देशको शान्ति सुरक्षा दिन प्रतिदिन बिग्रदै गएको कांग्रेस नेता थापाले आरोप लगाए । ‘निर्मला पन्तका हत्यारा पक्राउ पर्न सकेनन्’, उनले भने, ‘अपराधका तथ्यांक बढ्न थाल्यो । स्थिति भयावह हुँदै आएको छ ।’ रिपब्लिकदैनिक

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...