News Portal

प्रधानमन्त्री ओली पूर्वएमालेभित्रको गुटको नेता जस्तै: गगन थापा

हिमाली संचार संवाददाता
७४१ पटक

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली पूर्वएमाले भित्रको पनि एउटा गुटको नेता जस्तो देखिएको टिप्पणी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान अन्तर्वाताका क्रममा थापाले प्रधानमन्त्री ओली चरम अनुदारवादीका रुपमा आएको बताए । सरकारको विरोधीहरू ‘अरिंगाल’ झैँ खनिन भनेर ओली दिएको निर्देशनको जवाफमा कांग्रेस नेता थापाले चरम अनुदारवादी नेताको संज्ञा दिएका हुन् ।

‘प्रधानमन्त्री केपी ओली पूर्वएमालेभित्रको पनि आफ्नो गुटको नेता जस्तै अहिले पनि देखिनु भएको छ’, उनले भने, ‘उहाँमा चरम अनुदारवादी चरित्र छदै छ । प्रधानमन्त्री हुँदा बदलिनु पर्ने थियो । बदलिन सक्नु भएन ।’

कांग्रेसका युवा नेता थापाले प्रधानमन्त्री ओलीलाई आफूले पूर्वएमाले भित्रको एउटा गुटको नेताबाट बल्न दिएको सुझाव स्मरण पनि गरे । ‘मैले तपाई देशको प्रधानमन्त्री हो भनेको थिए’, उनले भने, ‘उहाँ सुध्रिने छाँटकाँट देखिनु भएन । उहाँ देशको प्रधानमन्त्री हो बोल्दा के हुन्छ विचार गर्नुपर्छ । अब उहाँ पूर्वएमालेको गुटको नेता होइन ।’

ओलीको अभिव्यक्तिले देशलाई सहमतिमा भन्दा पनि अराजकता र हिंसातिर लैजाने संकेत गरेको उनले आरोप लगाए । थापाले भने, ‘उहाँले बोल्ने यस्ता गुटका अभिव्यक्तिमा कांग्रेसले धेरै टिकाटिप्पणी गर्नु आवश्यक रहँदैन । ‘अरिंगाल’हरू आफै बेपत्ता हुन्मछन् ।’

केपी ओलीले सरकारको नेतृत्व सम्हालेपछि देशको शान्ति सुरक्षा दिन प्रतिदिन बिग्रदै गएको कांग्रेस नेता थापाले आरोप लगाए । ‘निर्मला पन्तका हत्यारा पक्राउ पर्न सकेनन्’, उनले भने, ‘अपराधका तथ्यांक बढ्न थाल्यो । स्थिति भयावह हुँदै आएको छ ।’ रिपब्लिकदैनिक

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...