News Portal

अर्को सरकार बन्ने बाटो छेकेर विघटन गर्न पाइँदैन : वरिष्ठ अधिवक्ता शाक्य

हिमालीसंचार संवाददाता
३३६ पटक

काठमाण्डौ – संसद विघटनको मुद्दामा एमिकस क्युरीको रुपमा चयन भएका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संसदबाट अर्को प्रधानमन्त्री चयन हुने बाटो छेकेर संसद विघटन गर्न नपाइने बताएका छन् ।

बिहीबार संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता शाक्यले संसदीय प्रक्रिया अवरुद्ध पारेर संसद विघटन गर्न नपाइने बताएका हुन्। प्रधानमन्त्रीले संसदीय प्रक्रियामा जानुपर्ने संविधानको शर्त पूरा नगरेको भन्दै शाक्यले पार्टी विवादको विषय संसदीय दलमा समाधान गर्नु पर्नेमा त्यही विषय लिएर विघटन गर्न नमिल्ने बताए । ‘पार्टीको विवाद पार्टी संसदीय दलको विधानले समाधान गर्ने हो, त्यो विषयलाई ल्याएर विघटन गर्न पाइँदैन’ उनले भने ।

संविधानले कामचलाउ सरकारले मात्र संसद विघटन गर्न पाउने व्यवस्था गरेको पनि वरिष्ठ अधिवक्ता शाक्यले बताए ।  वरिष्ठ अधिवक्ता शाक्यका अनुसार ‘आफ्नै नेतृत्वमा चुनाव गर्छु भनेर विघटन गर्न पाइँदैन’ । 

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...