News Portal

बजारमा नयाँ टिसर्ट- “नाटकै हो, ९ टंकी नै हो!”

हिमालीसंचार संवाददाता
३७३ पटक

काठमाण्डौ – सामाजिक सञ्जालमा सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओली र नेकपा अध्यक्ष प्रचण्डको एउटा वाक्य खुबै भाइरल छ, ‘नाटकै हो, नौटंकी नै हो।’ यो वाक्य नेकपा अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका शब्द जोडेर बनेको ‘मिम’ हो। प्रचण्डले एक कार्यक्रममा प्रधानमन्त्रीले भारतीय च्यानललाई दिएको अन्तर्वार्ता ‘नाटकै हो’ भनेका थिए। उता ओलीले जवाफ दिँदै ‘नौटंकी नै हो’ भने। आज यही शब्द सहितको टिसर्ट बजारमा आएको छ।

यी दुईका भनाइ जोडेर बनेको वाक्य रातारात मिम बन्यो, टिकटकमा भाइरल भयो। अझ यही शब्द राखेर गीत पनि सार्वजनिक भए। दुई नेताले बोलेको शैली र शब्दले राजनीति बुझ्ने र यसबारे जानकार रहनेको मात्र होइन, राजनीतिबाट धेरै टाढा रहेका जनताको पनि ध्यान खिच्यो। अझ युवा पुस्ता उनीहरूका मिम बनाउन अघि सरे।

मिम, टिकटक र गीतपछि यतिबेला ‘नाटकै हो, नौटंकी नै हो’ ले टिसर्टमा स्थान पाएको छ। फेसबुक र ट्विटरतिर अचेल यही वाक्य प्रिन्ट भएका टिसर्ट देखिन थालेको छ। केहीले यस्ता टिसर्ट लगाएर पोस्ट गरेका छन् भने कतिपय पसल र प्रिन्टिङ प्रेसबाट प्रिन्ट गरिन्छ भन्दै जानकारी दिन थालेका छन्।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...