News Portal

मोटरसाइकलदेखि मंगलसूत्र चोरीको आरोपमा ६ जना पक्राउ

५२१ पटक

लहान – सिरहा प्रहरीले जिल्लाको दुई ठाउँबाट मोटरसाइकलदेखि मंगलसूत्र चोरीको आरोपमा संलग्न रहेको आरोपमा छजनालाई पक्राउ गरी कानुनी कारबाहीको प्रकृया अगाडि बढाएको जनाएको छ। प्रहरीले छ जनाकै नाम भने खुलाएको छैन।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधव खरेलका अनुसार तीन दिनअघि सिरहा नगरपालिका २२ हकपाराका संजयकुमार सिंहले आफ्नो घरपसल अगाडि पार्किङ गरी राखेको मोटरसाइकल तथा स्थानीय देवकुमार महतोको पसल फोडेर नगद चोरीमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको थाहाखबरमा समाचार छ।

पक्राउ गरिएका चार जनाले सिंहको स. ५ प ९०४ नम्बरको डिस्कभर मोटरसाइकल तथा महतोको पसलबाट नगद र सरसामानसहित १२ हजार ६४५ रुपैयाँ चोरी गरेको प्रहरी प्रवक्ता खरेलले बताए। पक्राउ गरिएकाहरूबाट चोरी भएको मोटरसाइकल, नगद एक हजार ४८५ रुपैयाँ, भा.रु. १३३ समेत बरामद गरिएकाले सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नगर प्रमुखकी श्रीमतीको मंगलसूत्र लुटपाट 

त्यस्तै, सिरहाको मिर्चैया नगरपालिका १ बाट मिर्चैया नगरपालिकाका प्रमुखकी श्रीमतीको मंगलसूत्र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नगर प्रमुख श्रवण कुमार यादवकी श्रीमती चन्द्रकलादेवी यादवले घाँटीमा लगाएको एक तोलाको सुनको मङ्गलसूत्र तीन दिनअघि फरार भएको आरोपमा प्रहरीले खोजतलास गर्ने क्रममा मंगललसूत्रसहित एक जनालाई पक्राउ गरी सात दिनको म्याद थप गर्दै अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सिरहा नगरपालिका ७ ट्राफिक चोक घर भएका जितेन्द्र यादवको घरबाट नगद र गरगहना चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार यादवको घरमा राखिएको ९४ हजार पाँच सय रुपैयाँसहित सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा सिरहा सदरमुकामबाट नगद तीन हजार रुपैयाँ, एक तोलाको सुनको तिलहरी एक थान, चाँदीको १० तोलाको दुई पायलसहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...