News Portal

मृगौलारोगी ठकुरीलाई झापाली समाज माल्टाबाट आर्थिक सहयोग हस्तान्तरण

हिमालीसंचार संवाददाता
४३९ पटक

हल्दिबारी- वैदेशिक रोजगारीको लागि युरोपको माल्टामा रहेका नेपालीहरुले हल्दिवारी-३ की मिर्गौलारोगी मन्जु ठकुरीलाई ९० हजार रुपैयाँ सहयोग गरेका छन् ।

अन्तर्राष्ट्रिय झापाली समाजको सदस्य रास्ट्र झापाली समाज माल्टा र माल्टामा कार्यरत नेपालीहरुले सामाजिक उत्तरदायित्व बहन गरेर झापाली समाज माल्टाको नेतृत्वमा उक्त सहयोग संकलन गरी हस्तान्तरण गरेको समाजका संयोजक शर्मिला बस्नेतले जानकारी दिएकी छन् ।

झापा जिल्ला हल्दिवारी -३ निवासी मृगौलारोगी मन्जु ठकुरीको उपचारका लागि सहयोग गर्न वडाध्यक्ष रोशन शिवाकोटीले पत्राचार गरेपछि माल्टामा कार्यरत ३५ जना दाताहरूबाट संकलित रकम ९० हजार नेपाली रुपैयाँ संकलन गरिएको संयोजक बस्नेतले बताएकी छन् ।

फागुन २ गते आइतबार झापाली समाज माल्टाका प्रतिनिधि एगराज राउतले पीडित बिरामीको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन् । सहयोग रकम बुझदै पीडित ठकुरीले झापाली समाज माल्टा र सहयोगी दाताहरु सबैलाई धन्यवाद व्यक्त गरेकी छन् ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...