News Portal

डा. सुमाया राईको “उन्मत्त पगली झरना!”

हिमालीसंचार संवाददाता
८२८ पटक

पर्वतको छाती चिरी
झर्ने झरनालाई के थाहा
उसको आगामी भाग्य के छ??
पछारीनु छ अर्को विकट पहाडमै

कि दुवै हाथ फिजाई गर्ने छ स्वागत्
कुनै सुस्त पहाडी खोलाले ???
मात्र आफ्नो धर्म निभाई अगाडी बढ़छे उ!
प्रेमी सागरको आलिंगनमा समाहित हुन….

बाटोमा आई पर्ने व्यवधानहरूले
किंचितपनि कुनै अर्थ राख्दैन
बाटोभरी छेक्न सक्नेलाई
ठेल्दै, पेल्दै, गडगडाउदै …
सबैलाई सोत्तर बनाउदै अगाडी बढी रहन्छ
निरंतर बगी रहन्छ …..

उन्मुक्त प्रेमको अंतिम गन्तव्य सम्म
सागरको खोकिलामा आफुलाई समर्पित गर्न
र अतृप्त चरम सुख भोग्न
अबोध तर उन्मत्त पगली झरना !!!

डा. सुमाया राई
हाल, बेलायत

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...