News Portal

डा. सुमाया राईको “उन्मत्त पगली झरना!”

हिमालीसंचार संवाददाता
८८५ पटक

पर्वतको छाती चिरी
झर्ने झरनालाई के थाहा
उसको आगामी भाग्य के छ??
पछारीनु छ अर्को विकट पहाडमै

कि दुवै हाथ फिजाई गर्ने छ स्वागत्
कुनै सुस्त पहाडी खोलाले ???
मात्र आफ्नो धर्म निभाई अगाडी बढ़छे उ!
प्रेमी सागरको आलिंगनमा समाहित हुन….

बाटोमा आई पर्ने व्यवधानहरूले
किंचितपनि कुनै अर्थ राख्दैन
बाटोभरी छेक्न सक्नेलाई
ठेल्दै, पेल्दै, गडगडाउदै …
सबैलाई सोत्तर बनाउदै अगाडी बढी रहन्छ
निरंतर बगी रहन्छ …..

उन्मुक्त प्रेमको अंतिम गन्तव्य सम्म
सागरको खोकिलामा आफुलाई समर्पित गर्न
र अतृप्त चरम सुख भोग्न
अबोध तर उन्मत्त पगली झरना !!!

डा. सुमाया राई
हाल, बेलायत

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...