News Portal

रंगेली नगरपालिका स्थित मिनिल्याण्ड स्कुलले विधार्थीहरुलाई भव्य स्वागत ग’यो

हिमालीसंचार संवाददाता
३८२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ७ स्थित रहेको मिनिल्याण्ड इग्लीस बोङिग स्कुलले बिगत बर्ष झै यस बर्ष पनि कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरेर स्वागत गरेको छ ।

विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएको ८२ जना विधार्थीहरुलाई स्वागत तथा सम्मान गरेको हो । आयोजित कार्यक्रमको प्रमुख अतिथि रंगेली नगरपालिका प्रमुख दिलिप वगडीया, अतिथिहरुमा शिक्षा शाख प्रमुख रबिन्द्र पंडित, वडाअध्यक्ष रामचन्द्र मंन्डल, टंक आचार्य, विद्यालयका प्रिन्सीपल विर्कण कार्की, दिपेन्द्र थापा, आतिश पौडेल, बुद्धिनाथ झा, अबिषेक अधिकारी लगायतको उपस्थिति समेत रहेको थियो ।  

विधालयलेले बिगत बर्षदेखि ११ कक्षाको पठनपाठन सुरु गरेपछि  यस क्षेत्रका छात्र-छात्राहरुले भने विराटनगर सम्म गएर उच्च शिक्षाका लागि जानु नपर्ने, आफ्नै घर आँगनमा उच्चशिक्षा लिन पाएकोमा आफूहरु खुशी भएको स्थानीय प्रियंका शर्माले बताईन ।   

रंगेलीमै कक्षा ११ र १२ को पठनपाठन  गरी  गुणस्तीय शिक्षा प्रदान गर्न विधालयले अबसर प्राप्त गरेको र आभिभावकहरुको सहयोग र साथ उतिकै आबस्यक रहेको छ। आगामी दिनहरुमा विज्ञान तथा अन्य संकायका विषयहरु समेत थपिदै लैजाने जाने विधालयको प्रिन्सिपल बिकर्ण कार्कीले बताए । 

सो अवसरमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई खादा र अविर साहित सम्मान गरिएको थियो ।  स्वागत कार्यक्रममा विधार्थीहरुले विभिन्न चर्चित गितहरुमा आर्कषक नृत्य तथा गायन प्रस्तुत गरेर मनोरञ्चन समेत गराएका थिए ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...