News Portal

डडेल्धुरामा गठबन्धनलाई धक्का, माओवादी पोलिटब्यूरो सदस्य काँग्रेसमा प्रवेश

१६९४९ पटक

डडेल्धुरा – डडेल्धुरामा कम्युनिष्ट गठबन्धनमाथि ठूलो धक्का परेको छ । आईतबार डडेल्धुरामा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रस्तावित समानुपातिक उम्मेदवार जगत पार्कीसहितको टोली काँग्रेसमा प्रवेश गरेपछि गठबन्धनमाथि धक्का परेको हो ।

उनीसँगै नेकपा माओबादी केन्द्रका पूर्व जिल्ला ईन्चार्ज जनक कलौनी सहित ७ सय ७६ जना नेता कार्यकर्ताले आलितालमा आयोजित आम सभाबाट नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।

उनीहरु काँग्रेसमा प्रवेश गरेसँगै आलितालमा दुई हजार मत काँग्रेसको पक्षमा थप हुने विश्वास गरिएको छ ।

डडेल्धुरा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला हो । यही जिल्लाबाट देउवाले २०४८ सालदेखि अहिलेसम्म चुनाव जित्दै आएका छन् ।

यस पटकपनि देउवाको पक्षमा व्यापक जनलहर देखिएको भएपनि यो पार्टी प्रवेशसँगै देउवाको जीत अझ सहज बनेको छ ।

उनीहरुसँगै असन्तुष्ट पूर्व नगर सभाापति तारी सिंह बोहरा पनि समर्थक सहित काँग्रेसमा फिर्ता भएपछि अझ सभापति देउवाको जीत सहज बनेको हो । अनलाइनपानाबाट

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...