News Portal

यसरी किन्न सकिन्छ १८ महिने किस्तामा सबैभन्दा सस्तो पल्सर मोटरसाईकल

हिमालीसंचार संवाददाता
६०७ पटक

काठमाडौं – नेपाली बजारमा उपलब्ध पल्सर सिरिजका बाइक मध्ये बजाज पल्सर १२५ सबैभन्दा सस्तो बाइक हो। यसको मूल्य २ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ। नेपालमा बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाजका बाइक बिक्री–वितरण गरिरहेको छ।

हाल शून्य प्रतिशत ब्याजदरमा १८ महिनासम्म किस्ता तिर्न सकिने गरी बाइक किन्नका लागि स्किम उपलब्ध छ। यसो गर्दा शुरुमा ५० प्रतिशत रकम भने डाउन पेमेन्टको रुपमा बुझाउनु पर्छ। यो स्किम अन्तर्गत बजाज पल्सर १२५ किन्न चाहनेले शुरुमा ५० प्रतिशत डाउन पेमेन्टको रुपमा १ लाख १७ हजार ४५० रुपैयाँ बुझाउनु पर्छ।

पहिलो चरणमा फारमका लागि ३५० रुपैयाँ, फुल इन्स्योरेन्सको लागि ६ हजार ३ सय रुपैयाँ र सर्भिस चार्ज वापत ५ हजार ५ सय रुपैयाँ पनि बुझाउनु पर्छ। त्यसैगरी पहिलोपटक बाइक किन्दा नै पहिलो किस्ता रकम पनि बुझाउनु पर्छ। १८ किस्ताको दरले बाँकी रकमलाई हिसाब गर्दा प्रत्येक महिना ६ हजार ५२५ रुपैयाँ बुझाउनु पर्छ। यो रकम समेत पहिलो चरणमै बुझाउनु आवश्यक छ।

यसो हुँदा शुरुमा ५० प्रतिशत डाउन पेमेन्ट, माथि उल्लेखित विभिन्न शुल्क र पहिलो किस्ताको रकम समेत गरी जम्मा १ लाख ३६ हजार १२५ रुपैयाँ बुझाउनु पर्छ। यति रकम हुनेले शुरुमै बाइक आफ्नो घरमा लैजान सकिन्छ। यसरी ५० प्रतिशत रकम तिरेर किस्ता बुझाउनका लागि भने केही कागजात बुझाउनु आवश्यक हुन्छ।

कम्पनीका अनुसार बाइक किन्ने ग्राहकले आफ्नो नागरिकता, लाइसेन्स, आयस्रोत, ३ महिना पहिले देखिको बैंक ब्यालेन्स र आफ्नो फोटो बुझाउनु आवश्यक छ। त्यसैगरी साक्षी बस्ने ब्यक्तिको नागरिकता, घरको लालपुर्जाको फोटोकपि, विद्युतको बिल र फोटो समेत बुझाउनु अनिवार्य छ। यति प्रक्रिया पुरा गरे पछि बजाज पल्सर १२५ आफूले प्रयोग गर्ने गरी आफ्नो बनाउन सकिन्छ।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...