आज : २०२६-०८-०८, शनिबार

प्रचण्ड-नेपाल पक्षको प्रदर्शन खिचिरहेको ड्रोन क्यामेरा भिडमा खस्यो

काठमाण्डौ – प्रचण्ड-नेपाल पक्षको विरोधसभाको काठमाडौंमा आज भिडियो खिचिरहेको ड्रोन खसेको छ। आज प्रदर्शन र विरोधसभा खिच्न उडाइएको ड्रोन क्यामेरा भिडमा खसेको हो।

कार्यक्रम सञ्चालक लिलामणि पोखरेलले भिडियो खिचिराखेको ड्रोन हराइरहेको जानकारी आएकोले सुरक्षित राखिदिन आग्रह गरेका थिए। कार्यक्रम संचालकले ‘हाम्रो पार्टीले ड्रोन सञ्चालन गरेको थियो। यहाँ खस्यो भन्ने जानकारी प्राप्त भएको छ। त्यसले सुरक्षित राखिदिन अनुरोध गर्दछु,’ पोखरेलले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल-प्रचण्ड समुहले आज काठमाण्डौमा प्रर्दशन गरेको हो।