News Portal

  • कवि साङ्ग देम्बाको कविता “आवाज”

    हिमालीसंचार संवाददाता
    १०६८ पटक

    म चुप रहेको पनि –
    शताब्दीयौ बितिसकेछ।
    आज मेरो आवाजमा निस्कने शब्दले पनि –
    अर्कै भाका फेरि सकेछ।

    म चुप भै रहदा,
    मेरा पुर्खाहरुले सिर्जित सभ्यता
    र यो माटोको रंगले पनि-
    आज अर्कै रुप धारण गरिसकेछ।
    मुन्धुम र त्रिपिटक
    उधौली-उभौली र ल्होछार पनि-
    बेवारिसेको श्रृङ्गार बनिसकेछ।

    मेरा पुर्खा देखि अहिलेसम्म
    यो पैतालो उभिएको कावालुङ्ग गाउँ पनि-
    गौरीशंकर नगरमा परिवर्तन भैसकेछ।
    चोमोलुङ्मा हिमशिखरले पनि-
    भेष बदल्दै सगरमाथाको फेटा गुथिसकेछ।

    म चुप भै रहदा,
    मेरा रुप-रंग र आनीबानी सबै-
    थाहै नपाई पराई भै सकेछ।
    र मेरो माटोमा जताततै-
    सुगन्ध बिनाको थुप्रै बुकी फुलहरु फुलिसकेछ।

    तर,
    अब चुप रहन सक्दिन म!
    आफ्नो पुर्खौली रंग बिना
    घरको भित्तो पोत्दिन म!
    आफ्नै मुन्धुमले देखाएको
    बाटो अब छाड्दिन म!
    कावालुङ्गलाई गौरीशंकर,
    र चोमोलुङ्मालाई सगरमाथा
    कहिल्यै अब मान्दिन म!

    लुला बनाई म माथी राज गर्नेहरु
    सारा मेरा पेन्टिङ माथि,कालो मसी छर्नेहरु।
    जालझेलका तिम्रा पोको सबै फुकिसके
    कालो त्यो तिम्रो नियतलाई, मैले अब बुझीसके।

    तर
    जे जे गर्यौ हिजो म माथि-
    अब त्यस्तो नहोस,कामाना छ मेरो।
    गुजुल्ट्याई पुर्नुपर्छ खाडलमा-
    त्यो कुनितिको अहंकार तिम्रो।
    युद्धको संखलाई फेरि बजाउन नपरोस!
    बुद्धको भुमिमा हिंसाको बीउ अब नछरियोस!

    तसर्थ,
    मेरा ती निर्दोष आवाजलाई सुनी देउ!
    र आवाज भित्रको आवाजलाई बुझी देउ!
    मलाई मेरा पुरानै रंगमा,रमाउन देउ!
    घसिङ्गारे भएको छु,फेरि मलाई चम्कन देउ!

    साङ्ग देम्बा ‘हावा’
    दिङ्ला,भोजपुर

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ८ गतेको राशिफल

    आज कार्तिक ८, २०८२ (अक्टोबर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...