News Portal

दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्या आरोपी पक्राउ

हिमालीसंचार संवाददाता
५०७ पटक

सुर्खेत – दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेखको महाँबु गाउँपालिका–६ स्थायी घर भएका ६८ वर्षीय जयबहादुर शाही रहेका छन्। पत्रकार थापाको २०६२ साउन २७ गते साविकको द्वारी गाविस–१ मा हत्या गरी गाडेको अवस्थामा शव भेटिएको थियो।

हत्या मुद्दामा शाहीलाई जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते दुई वर्ष कैद सजायको फैसला सुनाएको थियो। अदालतको फैसालापछि शाही फरार हुँदै आएका थिए। शाहीलाई कैद भुक्तानका लागि दैलेख कारागार पठाइएको छ।

पत्रकार थापाको १६ बर्षअघि तत्कालिन विद्रोही नेकपा माओवादीमा आबद्ध केही कार्यकर्ताहरुले हत्या गरेका थिए। जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते पत्रकार थापाको हत्यामा संलग्न रहेको भन्दै ९ जनालाई दोषी ठहर गरेको थियो।

अदालतको फैसलापछि निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाही दुई/दुई वर्ष, लक्षिराम घर्र्तीमगर डेढ वर्ष र विरबहादुर केसी एकवर्ष कैद सजाय काटेर जेलमुक्त भइसकेका छन्। फरार रहेका हकमा सम्पत्ति रोक्का गरेर पक्राउ गर्न आदेश दिइएको छ।

फरार भएका नेताकै संरक्षणमा खुलेआम हिँडिरहेको भन्दै पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन्। पत्रकार थापाको हत्या अभियुक्त केही पक्राउ परिसकेका छन् भने केही अझै फरार रहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...