आज : २०२६-०८-०८, शनिबार

पहिचानको राजनीति गर्नेहरूले जनतालाई भड्काउने काम गरे: प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाद्वारा आयोजित एकिकरण मार्ग कार्यक्रम बृहत सेमिनारको आइतबार समापन कार्यक्रममा बोल्दै ओलीले पहिचानको राजनीतिलाई अनुचित ढंगले उचालिएको बताउदै पहिचानको राजनीति गर्नेहरूले जनतालाई भड्काउने काम गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले संबोधनका क्रममा ‘यहाँ अनेकताको विष घोल्ने प्रयास भइरहेको छ, पहिचानको राजनीतिका नाउँमा’ ओलीले थप ‘पहिचानको राजनीतिलाई उकासेर अनुचित ढंगले जनतालाई भड्काउने प्रयास भइरहेको छ ।’ बताएका थिए।