News Portal

मोरङको मिर्चाडागीमा सशस्त्र प्रहरीको बेस क्याम स्थापना

हिमालीसंचार संवाददाता
४५७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका-३, स्थित निर्चाडागी-६ महिना अगाडी सशस्त्र फर्वड  क्याप स्थापना भए पछि गाउँमा स्थानीयले सुरक्षित महशुस गरेका छन।

गाउँमा बारम्बार चोरी हुन थालेपछि स्थानीयले सो गाउँमा प्रहरी राख्नुपर्ने भन्दै अनुरोध गरेपछि सशस्त्र फर्वड बेस स्थापना गरिएको सशस्त्र प्रहरी मायोरङका एसपी तिर्थ पौड्यलले बताए । एसपी पौड्यालका अनुसार; फर्वड बेसलाई बिओपीमा रुपान्तरणका लागि आफूहरुले उक्त स्थानीय निकायमा पहल समेत गरिरहेको र बेस क्यापका लागि स्थानीयहरुले ७ कठ्ठा जग्गा समेत प्रदान गरेका छन्।

अहिले फर्वड बेसमा सशस्त्र प्रहरीले डिउटी समेत दिन थालेको एसपी पौड्यलले बताए । विगत दिनहरुमा प्रत्येक राती चोरी, डकैती, घरमा बाँधिएको गाई, गोरु, बाख्रा लगायतका सामाग्रीहरु चोरी हुदै आएको थियो। बिगत ६ महिनादेखि सशस्त्र बेस क्याप स्थापना भए पछि अहिले आफुहरु आनन्दले सुत्ने गरेको स्थानीय गान्धी प्रसाद सिहले बताए । उक्त गाउँमा बिगत बर्षौदेखि गाउँको सुरक्षाको लागि सबै गाउँलेहरु मिलेर रातिको समयमा डिउटि समेत गर्दे आईरहेको तर सशस्त्र बेस क्याप स्थापना भएपछि अहिले आफूहरु आनन्दले बस्ने गरेको लक्ष्मण प्रसाद सिहले बताए । 

उक्त गाउँको पुर्वमा दमुना खोला पश्चिमा रतुवा खोला उत्तरमा  रतुवा खोलाको समथल भूभाग र दक्षिणमा भारतीय सिमानाको बिच भागमा पर्ने श्रिलंकाको टापु भनेर गाउँ प्रचलित छ। रतुवा खोला बर्षेनी बढीका कारण बिधुतको पोल खोलाले बगाउने भएको कारणले गर्दे उनीहरुले बिधुतको उपयोग गर्ने पाएका छैनन्। 

गाउँमा रातीको  समयमा कसैलाई बिरामी परे वा  सर्पले टोक्यो वा कुनै गर्भवती महिलालाई सुत्केरी गराउनका लागि स्वास्थ्य चौकीसम्म पुगाउनु पर्ये धेरै समस्या रहेको र उपचारका लागि उनीहरुले भारतीय भुमि हुदै झापाको गौरीगञ्ज,  दमक वा मोरङको रंगेली सम्म पुर्येएर उपचार गर्नुपर्ने बाध्यता रहेको छ 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...