News Portal

  • मोरङको मिर्चाडागीमा सशस्त्र प्रहरीको बेस क्याम स्थापना

    हिमालीसंचार संवाददाता
    ३६९ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका-३, स्थित निर्चाडागी-६ महिना अगाडी सशस्त्र फर्वड  क्याप स्थापना भए पछि गाउँमा स्थानीयले सुरक्षित महशुस गरेका छन।

    गाउँमा बारम्बार चोरी हुन थालेपछि स्थानीयले सो गाउँमा प्रहरी राख्नुपर्ने भन्दै अनुरोध गरेपछि सशस्त्र फर्वड बेस स्थापना गरिएको सशस्त्र प्रहरी मायोरङका एसपी तिर्थ पौड्यलले बताए । एसपी पौड्यालका अनुसार; फर्वड बेसलाई बिओपीमा रुपान्तरणका लागि आफूहरुले उक्त स्थानीय निकायमा पहल समेत गरिरहेको र बेस क्यापका लागि स्थानीयहरुले ७ कठ्ठा जग्गा समेत प्रदान गरेका छन्।

    अहिले फर्वड बेसमा सशस्त्र प्रहरीले डिउटी समेत दिन थालेको एसपी पौड्यलले बताए । विगत दिनहरुमा प्रत्येक राती चोरी, डकैती, घरमा बाँधिएको गाई, गोरु, बाख्रा लगायतका सामाग्रीहरु चोरी हुदै आएको थियो। बिगत ६ महिनादेखि सशस्त्र बेस क्याप स्थापना भए पछि अहिले आफुहरु आनन्दले सुत्ने गरेको स्थानीय गान्धी प्रसाद सिहले बताए । उक्त गाउँमा बिगत बर्षौदेखि गाउँको सुरक्षाको लागि सबै गाउँलेहरु मिलेर रातिको समयमा डिउटि समेत गर्दे आईरहेको तर सशस्त्र बेस क्याप स्थापना भएपछि अहिले आफूहरु आनन्दले बस्ने गरेको लक्ष्मण प्रसाद सिहले बताए । 

    उक्त गाउँको पुर्वमा दमुना खोला पश्चिमा रतुवा खोला उत्तरमा  रतुवा खोलाको समथल भूभाग र दक्षिणमा भारतीय सिमानाको बिच भागमा पर्ने श्रिलंकाको टापु भनेर गाउँ प्रचलित छ। रतुवा खोला बर्षेनी बढीका कारण बिधुतको पोल खोलाले बगाउने भएको कारणले गर्दे उनीहरुले बिधुतको उपयोग गर्ने पाएका छैनन्। 

    गाउँमा रातीको  समयमा कसैलाई बिरामी परे वा  सर्पले टोक्यो वा कुनै गर्भवती महिलालाई सुत्केरी गराउनका लागि स्वास्थ्य चौकीसम्म पुगाउनु पर्ये धेरै समस्या रहेको र उपचारका लागि उनीहरुले भारतीय भुमि हुदै झापाको गौरीगञ्ज,  दमक वा मोरङको रंगेली सम्म पुर्येएर उपचार गर्नुपर्ने बाध्यता रहेको छ 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ५ गतेको राशिफल

    आज भदौ ५, २०८२ (अगस्त २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संख्यामा मात्रै निर्भर हुनु हुँदैन, वैधता र आत्मविश्वास आवश्यक: गगन थापा

    काठमाडौं, भदौ ४ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतान्त्रिक निर्णय गर्दा केवल संख्या पर्याप्त...

    कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाको शव नेपाल ल्याउन सांसद शर्माको सरकारसमक्ष ध्यानाकर्षण

    काठमाडौं, भदौ ४ – कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका र गम्भीर बिरामी परेका नेपालीको...

    रास्वपाद्वारा उपसभामुख इन्दिरा रानामगरमाथि आक्रमणको विरोध

    काठमाडौँ, भदौ ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि भएको आक्रमणको कडा...

    प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाडौं, भदौ ४ – प्रतिनिधि सभामा आजका लागि तोकिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा आएर...