News Portal

भागरथीको बलात्कारपछि हत्या

हिमालीसंचार संवाददाता
३२६ पटक

बैतडी — बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको न्यायका लागि आइतबार बैतडीमा प्रदर्शनहरु भएका छन् ।जिल्लाका विभिन्न स्थानमा विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा उनीहरुले बलात्कारपछि भागरथीको हत्या भएको भन्दै तत्काल घटनाका दोषीहरुलाई पक्राउ गर्न माग गरे ।

जिल्ला सदरमुकाममा भएको प्रदर्शनमा शाहीलेक, गोठलापानी बजार परिक्रमा गर्दै आएको बृहत र्‍याली जिल्ला प्रशासन कार्यालय गढी बाहिर आएर नाराबाजी गर्दै कोणसभामा परिण्णत भएको थियो । उनीहरुले ‘जवाफ चाहियो सरकार, किन बढ्यो बलात्कार ?’, ‘हत्यारालाई फाँसी दे, हत्या हिंसा कहिलेसम्म ? हामी चुप जहिलेसम्म’ लगायतका नारा लगाएका थिए । टाउको र पाखुरामा कालो पट्टी बाँधेर विद्यार्थी, शिक्षकसँगै स्थानीयले न्यायका लागि आग्रह गरे ।

घटनाका दोषी पक्राउ नपरुन्जेल आफ्ना प्रदर्शनका कार्यक्रमहरु जारी रहने प्रदर्शनमा सहभागी जगन्नाथ बहुमुखी क्याम्पसकी छात्रा निर्मला टेरले बताइन् ।यस्तै जिल्लाको पाटन नगरपालिकामा पनि भागरथीको न्यायको लागि विद्यार्थी र स्थानीय सडकमा आएका थिए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...