News Portal

भागरथीको बलात्कारपछि हत्या

हिमालीसंचार संवाददाता
२८६ पटक

बैतडी — बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको न्यायका लागि आइतबार बैतडीमा प्रदर्शनहरु भएका छन् ।जिल्लाका विभिन्न स्थानमा विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा उनीहरुले बलात्कारपछि भागरथीको हत्या भएको भन्दै तत्काल घटनाका दोषीहरुलाई पक्राउ गर्न माग गरे ।

जिल्ला सदरमुकाममा भएको प्रदर्शनमा शाहीलेक, गोठलापानी बजार परिक्रमा गर्दै आएको बृहत र्‍याली जिल्ला प्रशासन कार्यालय गढी बाहिर आएर नाराबाजी गर्दै कोणसभामा परिण्णत भएको थियो । उनीहरुले ‘जवाफ चाहियो सरकार, किन बढ्यो बलात्कार ?’, ‘हत्यारालाई फाँसी दे, हत्या हिंसा कहिलेसम्म ? हामी चुप जहिलेसम्म’ लगायतका नारा लगाएका थिए । टाउको र पाखुरामा कालो पट्टी बाँधेर विद्यार्थी, शिक्षकसँगै स्थानीयले न्यायका लागि आग्रह गरे ।

घटनाका दोषी पक्राउ नपरुन्जेल आफ्ना प्रदर्शनका कार्यक्रमहरु जारी रहने प्रदर्शनमा सहभागी जगन्नाथ बहुमुखी क्याम्पसकी छात्रा निर्मला टेरले बताइन् ।यस्तै जिल्लाको पाटन नगरपालिकामा पनि भागरथीको न्यायको लागि विद्यार्थी र स्थानीय सडकमा आएका थिए ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...