News Portal

२०७६ सालको छायाँदेवी चेतनाथ गजल पुरस्कार गजलकार प्रकृति प्रेमी (मनोज भुजेल) लाई प्रदान

हिमालीसंचार संवाददाता
३९६ पटक

काठमाडौं -समीर गजल संग्रहका गजलकार प्रकृति प्रेमीलाई आज एक कार्यक्रमका बिच साहित्यकार जे.सागरका पिता चेतनाथ पराजुलीले नगद पुरस्कार दश हजार र प्रशंसा प्रत्र प्रदान गर्नुभएको हो । साहित्यकार जे.सागरले आफ्ना मातापिताको नाममा ३ वर्षअघि स्थापना गर्नुभएको यो पुरस्कार हरेक वर्ष प्रकाशित गजल संग्रहहरुमध्ये उत्कृष्ट एउटा संग्रहलाई प्रदान गर्ने गरिएको छ ।

यो पुरस्कार यो वर्ष प्रकृति प्रेमीलाई प्रदान गरिएको हो । गजलकार प्रकृति प्रेमी अहिले चितवनमा रहनुभएकाले उहाँको प्रतिनिधित्व गरी अर्का गजलकार विपिन स्वाँरले काठमाडौंमा पुरस्कार ग्रहण गर्नुभएको हो । हरेक वर्ष भदौ १० गते प्रदान गरिंदै आएको यो पुरस्कार यो वर्ष कोरोनाका कारण ढिलागरी दिइएको पुरस्कार संयोजक अच्युत घिमिरेले बताउनुभयो ।

यत्ति भए पुग्छ गजल संग्रहका गजलकार जे.सागरले आफ्ना मातापिता छायाँदेवी पराजुली र चेतनाथ पराजुलीका नाममा स्थापित गर्नुभएको यो पुरस्कार २०७४ सालमा सम्पादक आवाज शर्मा र २०७५ सालमा गजलकार टक गुरुंगलाई प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...