News Portal

२०७६ सालको छायाँदेवी चेतनाथ गजल पुरस्कार गजलकार प्रकृति प्रेमी (मनोज भुजेल) लाई प्रदान

हिमालीसंचार संवाददाता
४२१ पटक

काठमाडौं -समीर गजल संग्रहका गजलकार प्रकृति प्रेमीलाई आज एक कार्यक्रमका बिच साहित्यकार जे.सागरका पिता चेतनाथ पराजुलीले नगद पुरस्कार दश हजार र प्रशंसा प्रत्र प्रदान गर्नुभएको हो । साहित्यकार जे.सागरले आफ्ना मातापिताको नाममा ३ वर्षअघि स्थापना गर्नुभएको यो पुरस्कार हरेक वर्ष प्रकाशित गजल संग्रहहरुमध्ये उत्कृष्ट एउटा संग्रहलाई प्रदान गर्ने गरिएको छ ।

यो पुरस्कार यो वर्ष प्रकृति प्रेमीलाई प्रदान गरिएको हो । गजलकार प्रकृति प्रेमी अहिले चितवनमा रहनुभएकाले उहाँको प्रतिनिधित्व गरी अर्का गजलकार विपिन स्वाँरले काठमाडौंमा पुरस्कार ग्रहण गर्नुभएको हो । हरेक वर्ष भदौ १० गते प्रदान गरिंदै आएको यो पुरस्कार यो वर्ष कोरोनाका कारण ढिलागरी दिइएको पुरस्कार संयोजक अच्युत घिमिरेले बताउनुभयो ।

यत्ति भए पुग्छ गजल संग्रहका गजलकार जे.सागरले आफ्ना मातापिता छायाँदेवी पराजुली र चेतनाथ पराजुलीका नाममा स्थापित गर्नुभएको यो पुरस्कार २०७४ सालमा सम्पादक आवाज शर्मा र २०७५ सालमा गजलकार टक गुरुंगलाई प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...