News Portal

बहुविवाहकी प्रतिवादी अन्जना ४ वर्षपछि जेल चलान

हिमालीसंचार संवाददाता
३८५ पटक

बासुदेव शर्मा/जाजरकोट – बहुबिवाहकी फरार प्रतिवादी अन्जना बुढालाई ४ वर्षपछि प्रहरीले पक्राउ गरि जेल चलान गरेको छ। जिल्ला अदालत जाजरकोटको आदेश अनुसार प्रहरीले जेल चलान गरेको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले छेडागाड नगरपालिका ३ स्थायी ठेगाना भई हाल सुर्खेतको भेरीगंगा नगरपालिका १२ छिन्चु वस्दै आएकी बहुविवाहकी प्रतिवादी अन्जना बुढालाई प्रहरीले छिन्चुबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले वताउनु भयो।

फरार रहेकी बुढालाई प्रहरीले पक्राउ गरि जिल्ला अदालतको आदेश अनुसार कारागार जेल चलान गरेको प्रहरी प्रमुख थापाले वताउनुभयो। जिल्ला अदालत जाजरकोटले २०७३ साल चैत्र १५ मा गरेको फैसलाले बुढालाई १ वर्ष कैद र २० हजार जरिवाना सहितको फैसला गरेको थियो।

पक्राउ गरेकी बुढालाई जिल्ला अदालतमा उपस्थिति गराई अदालतको फैसला आदेश अनुसार उनीलाई पक्राउ गरि जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...