News Portal

अफगानिस्तानमा फेरि विस्फोट: तीनको मृत्यु, ७ जना घाइते

हिमालीसंचार संवाददाता
४०४ पटक

काबुल – अफगानिस्तानमा श्रृंखलावद्ध बम विस्फोटमा तीन जना मारिनुका साथै ७ जना घाइते भएका छन्। पश्चिमा देशहरुले तालिबान समूहलाई हिंसा अन्त्य गर्न आग्रह गरेको केही घण्टामै मंगलबार विस्फोट भएको हो।

यद्यपि तालिबान समूहले यस विस्फोटको जिम्मेवारी लिएको छैन। छुट्टाछुट्टै दुई स्थानमा भएका विस्फोटमा तीन जनाको मृत्यु भएको हो। पछिल्लो समय तालिबान समूहले विस्फोटको क्रम बढाएको समीक्षा हुँदैआएको छ। अमेरिकाले मात्रै हालै सार्वजनिक गरेको एक रिपोर्टमा तालिबानले आक्रमण तिब्र बनाएको उल्लेख छ।

अमेरिका र नाटोले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने योजना समीक्षा गरेको छ। यूरोपियन यूनियन, नाटो र अन्य पश्चिमा देशहरुका दूतावासले आइतबार मात्रै अधिकांश हिंसात्मक घटनाको जिम्मेवारी तालिबानले लिएको जनाएका थिए।

तालिबान र अफगान सरकारबीच वार्ता पछिल्लो समय ठप्प छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्झौताको समीक्षा गर्दै आगामी मे महिनासम्म सैनिक फिर्ता गर्ने बताएका छन्।

नाटोका १० हजार फौज भने मे महिनापछि पनि अफगानिस्तानमै रहने योजना बनाएको बताइन्छ। तर १४ महिनापछि नाटो र अमेरिकी फौजले अफगानिस्तान छाड्नैपर्ने शर्त छ। (एजेन्सी)

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...