News Portal

  • अफगानिस्तानमा फेरि विस्फोट: तीनको मृत्यु, ७ जना घाइते

    हिमालीसंचार संवाददाता
    ३०० पटक

    काबुल – अफगानिस्तानमा श्रृंखलावद्ध बम विस्फोटमा तीन जना मारिनुका साथै ७ जना घाइते भएका छन्। पश्चिमा देशहरुले तालिबान समूहलाई हिंसा अन्त्य गर्न आग्रह गरेको केही घण्टामै मंगलबार विस्फोट भएको हो।

    यद्यपि तालिबान समूहले यस विस्फोटको जिम्मेवारी लिएको छैन। छुट्टाछुट्टै दुई स्थानमा भएका विस्फोटमा तीन जनाको मृत्यु भएको हो। पछिल्लो समय तालिबान समूहले विस्फोटको क्रम बढाएको समीक्षा हुँदैआएको छ। अमेरिकाले मात्रै हालै सार्वजनिक गरेको एक रिपोर्टमा तालिबानले आक्रमण तिब्र बनाएको उल्लेख छ।

    अमेरिका र नाटोले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने योजना समीक्षा गरेको छ। यूरोपियन यूनियन, नाटो र अन्य पश्चिमा देशहरुका दूतावासले आइतबार मात्रै अधिकांश हिंसात्मक घटनाको जिम्मेवारी तालिबानले लिएको जनाएका थिए।

    तालिबान र अफगान सरकारबीच वार्ता पछिल्लो समय ठप्प छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्झौताको समीक्षा गर्दै आगामी मे महिनासम्म सैनिक फिर्ता गर्ने बताएका छन्।

    नाटोका १० हजार फौज भने मे महिनापछि पनि अफगानिस्तानमै रहने योजना बनाएको बताइन्छ। तर १४ महिनापछि नाटो र अमेरिकी फौजले अफगानिस्तान छाड्नैपर्ने शर्त छ। (एजेन्सी)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...