News Portal

इटहरीबाट धरान तर्फ आउँदै गरेको गाडी दुर्घटना

हिमालीसंचार संवाददाता
५९० पटक

धरान – धरान नगरपालिकाको धरान-८ स्थित कोसी लोकमार्गमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको एक निजी सवारी साधन दुर्घटना भएको छ ।

इटहरीबाट धरान आउँदै गरेको प्रदेश ३-०१-०२४ च ५१६६ नम्बरको कार दुर्घटना भएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए । दुर्घटनामा को १ ख ३५ ११ नम्बरको बस, प्रदेश ३-०१-०२३ च ४८२६ नम्बरको बुलेरो र को ३६ प ३८७७ नम्बरको मोटरसाइकल लगायतका सवारी साधन क्षति पुगेको तिम्सिनाले बताए ।

गाडीलाई ठक्कर दिँदा बुलेरो उछिट्टिन गई सोही स्थानमा रोकेर पखाल्दै गरेको को २ ख ३५११ न. को बसलाई ठक्कर दिएर दुर्घटना भएको हो । को ३६ प ३८७७ को मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक इटहरी ४ बस्ने २८ वर्षीय रुपेश मगर र बोलेरोमा सवार अख्तियार दुरुपयोग आयोग अनुसन्धानका कार्यालय इटहरीमा कार्यरत प्रहरी जवान सुरेश खड्का सामान्य घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगिएको छ ।

दुर्घटनाग्रस्त ४ वटै सवारी साधन तथा बस चालक धनकुटा ७ बस्ने ५२ वर्षीय बलन राई कार चालक विराटनगर ४ बस्ने ब४९ वर्षीय द्वारिका पोख्रेल धरान-८ बस्ने ४५ वर्षीय चन्द्र प्रसाद ढकाल प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...