News Portal

  • युएई सरकारले विशिष्ट प्रतिभा भएका विदेशी नागरिकलाई नागरिकता दिने

    हिमालीसंचार संवाददाता
    ३४० पटक

    अबुधाबी – संयुक्त अरब इमिरेट्स (युएई)ले विशिष्ट प्रतिभा भएका विदेशी नागरिकलाई नागरिकता प्रदान गर्ने भएको छ। नागरिकता सम्बन्धी कानून संशोधन गर्दै युएईले यस्तो व्यवस्था गर्न लागेको हो।

    शनिबार युएईका शासक तथा प्रधानमन्त्री शेख महम्मद बिन रशेद अल मकतुमले विशिष्ट प्रतिभा भएका, लगानीकर्ता, लेखक, इन्जिनियर वैज्ञानिक, चिकित्सक, कलाकार तथा उनीहरूको परिवारलाई नागरिकता प्रदान गर्ने व्यवस्था नयाँ संशोधनमा गरिएका बताएका छन्।

    ‘हरेक क्षेत्रमा छानिएका ती व्यक्तिलाई युएईको मन्त्रिपरिषद्, स्थानीय एमिराई अदालत तथा कार्यकारी परिषद्ले अनुमोदन गर्नुपर्छ’, प्रधानमन्त्री शेखले भने’, ‘युएईको पासपोर्ट लिनेलाई साविकको नागरिकता राख्न कानूनले दिनेछ।’ यस्ता नागरिकले युएईको चौतर्फी विकास र उन्नतिमा टेवा पुग्ने युएई सरकारले बताएको छ। एजेन्सी

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १२ गतेको राशिफल

    आज कार्तिक १२, २०८२ (अक्टोबर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापा : “महाधिवेशन नगर्नु कांग्रेस र नागरिक दुवैप्रति अन्याय हो”

    काठमाडौं, कार्तिक ११ – नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयले पुनः विवाद चर्काएको छ। महामन्त्री गगन थापा...

    जेनजी युनाइटेडका प्रतिनिधिहरू प्रधानमन्त्रीसँग भेट, एकता कायम गराउन आग्रह

    काठमाडौं, कार्तिक ११ – जेनजी युनाइटेडका नाममा संगठित नौ जना युवायुवती सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला...

    मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

    काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई...

    जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

    काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित...