News Portal

महेश बस्नेतले सम्पादकहरूलाई धम्काएकोप्रति पत्रकार महासंधको भर्त्सना

हिमालीसंचार संवाददाता
२८६ पटक

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंधले भर्त्सना गरेको छ ।

बुटवलमा बुधबार भएको कार्यक्रममा पूर्वमन्त्री बस्नेतले विभिन्न सञ्चारमाध्यमका सम्पादकको नामै तोकेर सार्वजनिक रूपमा धम्क्याएका थिए । पत्रकारले समाचार लेखेका कारण मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम गरिसकेका व्यक्तिले सार्वजनिक रूपमा पत्रकारलाई ठाडो चुनौती दिँदै धम्क्याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंधको ठहर छ ।

पत्रकारलाई हतोत्साहित बनाउने र मनोवैज्ञानिक त्रास फैलाउने घटनाको महासधले कडा शब्दमा भत्र्सना गरेको छ । प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न तथा यस्ता कार्य नदोहोर्‍याउन पनि महासंधले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।     

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...