News Portal

सरस्वती पुजा नजिकिदै हस्तकलाका कलाकारहरु ब्यस्त

रबिन्द्र बराल
२६७ पटक

मोरङ-सिमाबर्ति क्षेत्रमा बसाेवास गर्ने युवा तथा भारतका कलाकारहरु हस्तकलाका सामाग्री बनाउन ब्यस्त हुन थालेका छन । तराईका जिल्लामा कलाकारहरुले पराल,माटाे र बाँस बाट उनिहरुले कलात्मक तरिकाले सरस्वतीकाे मुर्ति बनाएर बिक्रीवितरण  गर्दे छन । कलाकार हरुले मंसिरकाे पहिलाे साताबाट भारतबाट नेपाल आएर घर तथा जग्गा भाडामा लिएर आफ्नाे कलाकारकाे माध्यमबाट तीन महिनाकाे अबधिमा ८० हजार देखि १ लाख रुपैयाँ सम्म कमाउने गरेका छन ।

उनिहरुले पराललाई डाेरीले बाँधेर हात , खुट्टा  र शरिरकाे आकृति निकालेर त्यसलाई चिम्टाईलाे माटाेले उक्त आकृतिमा माटाेले लिप्ने गर्दे छन । त्यस पछि उक्त मुर्तिलाई घाममा सुकाएर बिभिन्न रंग राेगन गरेर बिक्रीवितरण गर्ने गर्देछन। तराईका जिल्लाहरुमा यस्ता मुर्तिहरुकाे  किन मेल हुने गरेको छ । ६० बर्षदेखि आफु याे कलाकार पेसामा लागेको र अाफुलाई राम्रो भएको र आफुले नेपालमा बसेर राम्रो कमाई हुने गरेको र याे पेशामा लागेको उनले बताए ।

उनीहरु मुर्तिहरु झापाको अर्जुन धारा,चतराह, बिराटनगर र भारतकाे विभिन्न ठाउँमा गएर आफुले माटाेकाे र सिमेन्टहरुकाे मुर्ति वनाउनका साथै विभिन्न किसिमका पशुपंक्षीहरुकाे समेत मुर्ति बनाउने गरेको बताए । उनले एक मुर्ति बराबर १५ सय रुपैयाँ प्रतिगाेटा देखि १० हजार रुपैयाँ सम्मा लिएर बिक्री गर्ने गरेकाे सिस्वनि जहदा ५ का सिङघेश्वर मंन्डलले वताए । तराईका जिल्लाहरुमा सरकारी तथा निजि बिधालयका बिधार्थिहरुले बसन्त पंचमी अर्थात सरस्वती पुजाकाेे दिन उक्त मुर्ति खरिद गरेर विशेष पुजा गर्ने गरेका छन ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...