News Portal

  • पहिलो चरणमा चार प्रदेशमा चुनाव : प्रधानमन्त्री

    हिमालीसंचार संवाददाता
    ३०३ पटक

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन गर्ने छलफल भइरहेको बताएका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको १३ वटा रिटमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । तर अदालतले निर्वाचन प्रक्रिया रोक्नु नभनेका कारण निर्वाचन आयोगले चुनावको तयारी पनि गरिरहेको छ । 

    बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई चरणको चुनावमध्ये पहिलो चरण २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गर्न छलफल भइरहेको बताए । उनका अनुसार दोस्रो चरण अर्थात वैशाख २७ गते १, बाग्मती र कर्णाली प्रदेशमा चुनाव गर्ने छलफल भइरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ८ गतेको राशिफल

    आज मंसिर ८, २०८२ (नोभेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...

    नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

    काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको...

    ‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

     कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर...

    सर्वोच्चमा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

    काठमाडौं, मंसिर ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च...