News Portal

ट्राफिक स्वयंसेवक परिचालन काठमाडौंमा

हिमालीसंचार संवाददाता
२६९ पटक

काठमाडौं-महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने भन्दै ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।महाशाखा र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउटका १०० जना स्काउटहरुलाई ट्राफिक स्वयंसेवक बनाई मङ्गलबारदेखि काठमाडौंका विभिन्न १५ स्थानमा परिचालन गरिएको हो

उपत्यकाको सवारी चाप हुने तथा पैदलयात्री भीडभाड हुने स्थानमा सहज र सुरक्षित गर्ने लक्ष्यसहित स्काउटका स्वयंसेवक परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए । नेपाल स्काउटका आयुक्त लोकबहादुर भण्डारीले स्वयंसेवकहरुले नागरिकलाई सही तरिकाले सही ठाउँबाट बाटो काट्न सिकाउने बताए।

स्वयंसेवकले जथाभावी बाटो काट्ने, फुटपाथको प्रयोग नगर्ने पैदलयात्रीहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै नियम पालना गर्न सन्देश प्रवाह गर्नेछन् । कुनै पनि सवारीले ट्राफिक नियम पालना नगरेमा वा जथाभावी फुटपाथ अतिक्रमण गरेको देखेमा नजिक ट्राफिक प्रहरीलाई जानकारी दिने समेत जनाएको छ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...