News Portal

केपी ओलीको पक्षमा लाग्नु कम्युनिस्ट पार्टीको लागी नर्क जाने कुरा हो : नेता भट्टराई

हिमालीसंचार संवाददाता
६१३ पटक

इटहरी – नेकपाका युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीको पक्षमा लाग्नु नर्क जानू सरह रहेको बताएका छन् । प्रचण्ड नेपाल समूहले इटहरीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीको प्रतिगमनको विरुद्धमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

कम्युनिस्ट पार्टीको कार्यकर्ता विचार र सिद्धान्तबाट निर्देशित हुने बताउँदै उनले छलफल र संवादबाट भाग्नेको पक्षमा लाग्न नहुने तर्क गरे । “प्रधानमन्त्री ओली मनपरी र स्वेच्छाचारी ढङ्गले अगाडी बढ्नु भएको छ । उनले भने, विवेकशील मान्छेले प्रधानमन्त्रीको हुकुम मान्न सक्दैनन् ।”

पार्टीको स्थायी कमिटीमा छलफल गरौँ भन्दा भाग्ने काम गरेको भन्दै उनले आफू माथि उठेका प्रश्नको जवाफ माग्दा संसद् विघटन गर्ने दुस्साहस गरेको बताए ।

“अहिले दुवै समूहबाट भएका कार्यक्रममा कति श्रम र खर्च लगानी भएको छ। यदि केही दिन छलफल गर्दिएको भए यत्रो रुवावासी गर्नुपर्ने थिएन । उनले भने, प्रत्येक पार्टी नेता तथा सदस्यले इज्जतको साथ काम गर्ने वातावरण होस । उमेर हद लगाएर एउटा व्यक्ति २ पटक भन्दा बढी प्रधानमन्त्री बन्न नसक्ने व्यवस्था गरौँ भन्ने मेरो बुझाइ छ ।”

अहिलेको लडाइ प्रचण्ड नेपाल र ओली बिचको नभई प्रतिगामी कदमको विरुद्धको आवाज रहेको बताए । सूर्य चिन्ह कसले पाउने भन्ने बारे राजनैतिक दल सम्बन्धी ऐन को दफा ४४ ले भने अनुसार हुने उनको भनाइ छ 

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...