News Portal

  • आज वि.सं.२०७७ साल माघ १२ गते सोमवार, सन् २०२१ जनवरी २५ तारिख

    हिमालीसंचार संवाददाता
    ३१२ पटक

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मध्याह्नदेखि सहयोगीहरू जुट्नाले काम बन्नेछ। मेहनतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। वादविवादमा अघि नसर्नुहोला, पेसातर्फ राम्रो फाइदा उठाउन सकिनेछ।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। सोखले  पछिसम्म लाभ हुने काम प्रारम्भ गराउनेछ। तर खर्चको मात्रा बढ्न सक्छ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह

    खर्चिलो काम थाल्नाले केही समस्या आउनेछन्। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई भने फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाट हुनेछ। नयाँ योजना थाल्ने अवसर जुट्नेछ। पहिलेको सफलताले काममा हौसला प्रदान गर्नेछ।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। खर्च लागे पनि आँटेको काम बन्नेछ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    केही विवादास्पद काम गर्नुपरे पनि धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। काममा जग बसाउने मौका छ। मिहिनेतले सफलता दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    स्वास्थ्य कमजोर हुनाले काममा बाधा पर्नेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। दिउँसोदेखि अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका आउनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको दायित्व बढ्नेछ। तर व्यापार–व्यवसायबाट लाभ मिल्नेछ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते

    अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    काममा साथीभाइको सहयोग जुट्नेछ। विद्यार्थीहरूमा ज्ञानको भण्डार बढ्नेछ। दैनिकी व्यस्त रहे पनि आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। दिउँसोदेखि स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूर्ण नहुन सक्छ। पहिलेको नतिजा कमजोर हुनाले काम दोहोर्याउनुपर्ला। मिहिनेतको उपलब्धि कम मात्र प्राप्त हुनेछ। समस्याप्रति समयमा गम्भीर नबन्दा दु:ख पाइनेछ।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, सजग रहनुहाेला। बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। मध्याह्नपछि व्यापार बढ्नेछ भने व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। तर परिस्थिति कमजोर हुनाले रमाइलो क्षणमा समेत मन ढुक्क नहुन सक्छ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। मिहिनेतले काम बन्नेछ भने भौतिक साधन जुटाउन सकिनेछ। पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। प्रतिस्पर्धात्मक काममा विशेष फाइदा हुनेछ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द

    हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षा गरिएको नतिजा पनि सबल रहनेछ। तर अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    सहयोगीहरूले राम्रो साथ दिनाले बिहानकाे समय लाभदायक रहनेछ। उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। अन्य काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अपराह्नदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

    प्रतिकृया दिनुहोस्

    इलाम-२ उपनिर्वाचन ताजा मतगणनाको मतपरिणाम सार्वजनिक एमालेले लियो अग्रता

    बैशाख -१६, आइतबार/इलाम – इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिकाको वडा नं. १, २,...

    मटिहानीका अग्नि पीडितहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सहयोग

    बैशाख-१५, आइतबार/मोरङ – महोत्तरी जिल्ला मटिहानी नगरपालिका वडा नं ६, जलहरवामा ६ गते भएको आगलागीबाट...

    नियमित मर्निङ वाकले मोटोपना, हृदयरोग जस्ता रोगबाट बचाउँछ

    काठमाडौं। बिहानको ताजा हावामा हिँड्नु भएको छ ? बिहानै उठ्न सबैलाई कष्टकर लाग्छ तर बिहानको...

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal