News Portal

प्रख्यात नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइत भिजन एक्सलेन्स अवार्डबाट सम्मानित

हिमालीसंचार संवाददाता
३२२ पटक

काठमाण्डौ – भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र रोग  विशेषज्ञ डा. सन्दुक रुइत लगायतका दुई विशेषज्ञलाई सम्मान गरिएको छ ।

आँखा स्वास्थ्य सेवाको लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरी अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भुमिका निर्वाह गरेको कारण भिजन एक्सलेन्स अवार्डबाट विशेषज्ञहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइत सहित नेत्र विशेषज्ञहरु प्रा.डा. रामप्रसाद पोख्रेल र डा. गोपाल प्रसाद पोख्रेल रहेका छन् । नेपाल नेत्रज्योति संघ तथा नेपाल आँखा अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले अवार्ड सम्मान गरेका थिए ।

नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतनाथ पन्तले आँखा क्षेत्रको सेवा विस्तारमा उहाँहरुको नेतृत्व, भिजन र मार्गनिर्देशनको महत्वपूर्ण योगदान भएकाले सम्मान गरिएको बताए ।

सम्मानित डा. सन्दुक रुइत तिलगंगा इन्ष्टिच्युटल अफ अप्थाल्मोलोजिका संस्थापक एवं कार्यकारी निर्देशक हुन भने प्रा.डा. रामप्रसाद पोख्रेल नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति संघका संस्थापक मध्येका एक हुन् ।

त्यस्तै, डा. गोपाल प्रसाद पोख्रेल नेपाल आँखा अस्पतालका अध्यक्ष एवं नेपाल नेत्रज्योति संघका कार्यकारी सदस्य हुन । उहाँहरु आँखा स्वास्थ्य क्षेत्रका मार्गदर्शक एवम् अगुवा हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...