आज : २०२६-०८-०८, शनिबार

रंगेली प्रहरीले ७ बोरा सुर्ती सहित एक मोटरसाइकल बरामद

रबिन्द्र बराल/मोरङ- मोरङको रंगेली नगरपालिका-४, स्थित  चोप्राह बोर्डरबाट अबैध रूपमा भन्सार छलि भारतबाट नेपाल भित्र्याउदै गरेको ७ बोरा सुर्ति सहितको मोटरसाइकल नेपाल प्रहरीले बरामद गरेको छ ।

प्रहरीको गस्ती टोलीले मोटरसाइकल (को २२ प ७५३०) नम्बरको मोटरसाइकलमा लुकाएर नेपाल ल्याउदै गरेको  सुर्ती बरामद गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उक्त सुर्ती २ सय १० केजी   रहेको र उक्त  सुर्तीको बजार  मुल्य  किरिब अनुमानित ८४ हजार बराबरको  रहेको र सो सुर्ती विराटनगर स्तिथ भन्सार कार्यलयमा बुझाईएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।