News Portal

  • उदयपुर जिल्लाबाट सामूहिक बलात्कारको आरोपमा फरार रहेका एक जना युवा पक्राउ

    हिमालीसंचार संवाददाता
    ३१४ पटक

    उदयपुर – उदयपुरमा सामूहिक बलात्कार गरी फरारको सुचीमा रहेका एक जना युवालाई प्रहरीले काठमाण्डौको मैना मैजु क्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. ४ बस्ने २२ वर्षीय गुणे-लोटे (गोबिन्द) भनिने गुणराज विष्ट पक्राउ परेको उदयपुरका प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए ।

    २०७६साउन १७ गते उदयपुर ४ गुरुङ्गचौरी स्थित जनता माध्यमिक विद्यालयको परिसरमा सामूहिक बलात्कारको प्रतिकार गर्दा एक १८ वर्षीय युवतीलाई छतबाट खसालिएको थियो ।  उनी गम्भिर घाइते भएकी थिइन भने कम्मरदेखि मुनिको भाग पुर्णरुपमा नचल्ने अवस्थामा पुगेकी छिन् ।

    सो घटनामा थप २ जनाको संलग्नता देखिएको प्रहरीको भनाई छ । उक्त घटनामा संलग्न मध्येका गुणराजलाई हिजो काठमाण्डौको मनमैजु भन्ने स्थानबाट उदयपुरबाट परिचालित विशेष प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेका व्यक्तिको थप अनुसन्धान भइरहेको साथै फरार रहेको अन्यको खोजी प्रहरीले गरीरहेको प्रहरी प्रमुख दाहालले जानकारी दिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २७ गतेको राशिफल 

    आज भदौ २७, २०८२ (सेप्टेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

    काठमाडौँ -शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ।राष्ट्रपति...

    संविधानभित्रै अन्तरिम सरकार गठन गर्न सकिन्छ : सुदन गुरुङ

    काठमाडौँ, भदौ २६ – जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले संविधान खारेज नगरीकै सीमाभित्र अन्तरिम सरकार...

    देशभर पेट्रोलियम पदार्थ पर्याप्त, आपूर्ति सहज रह्ने आयल निगमको दाबी

    काठमाडौँ, भदौ  २६ – नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको जनाएको छ।...

    अहंकारी नेताहरुका कारणले निम्ताएको दुर्गति

    – कमला थापा ०८२ भदौ २६ गते। काठमाण्डौ। जेन्जी साथिहरुलाई थोरै कुरा गर्न मन लाग्यो।...