News Portal

मोरङमा चिहान खन्ने झाँक्रीलाई भव्य सम्मान

हिमालीसंचार संवाददाता
५६६ पटक

मोरङ – मोरङ जिल्लाको वोलबारीमा एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको थिए। बेलबारीमा एकाएक झाँक्रीले चमत्कार गरेका छन । करिब ६ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा गाउमा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित भएका थिए । बच्चादेखि वृद्ध बिरामी परेपछी झाक्रीले चिन्ता बसेर तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए ।

झाक्रीले चार दिन, चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा कसैले नसोचेको चमत्कार गरेका छन । ६ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिवी सहित करिब २ सय मानिसहरुले रातको समयमा चिहान खन्न भनेर जङ्गलमा पुगेका थिए । ६ बर्ष पहिलेको चिहानको कुनै निशाना नै थिएन ।

चारैतिर झार उम्रीएर केही थाहा नहुने अवस्थामा सबै गाउलेहरुले खनेको ठाउँमा मान्छे नभेटिए झाक्रीलाई त्यही खाल्डोमा पुरेर हिड्ने समेत दबाब दिएपछी झाक्रीले धेरैबेर ढ्याङ्रो बजाउदै जोखाना हेरेर एउटा ठाउँ देखाएपछी खन्न सुरु गरेका गाउलेहरु एकैछिनमा चकित भएका थिए ।

त्यहा खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन । झाक्रीले कसैले नसोचेको चमत्कार गरेका छन । उनको यो कामले विज्ञानलाई समेत चुनौती दिएको छ । ३ सय घर भएको एउटा पुरै गाँउलेहरुले झाक्रीको भव्य स्वागत र सम्मान समेत गरेका छन । 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...