News Portal

मोरङको रंगेलीमा पाँचौ सहिद दिवस श्राद्धाञ्जली सभा सम्पन्न

हिमालीसंचार संवाददाता
३६७ पटक

रबिन्द्र बराल/मोरङ– मोरङको श्रद्धाञ्जली सभा तथा सहिद परिवार सम्मान कार्यक्रम रंगेली गरिएको छ। २०७२ साल माघ ७ गते मधेश आन्दोलनका क्रममा ज्यानको आहुति दिएका सहिदहरुको सम्झनामा प्रत्येक बर्ष सहिद परिवरका सदस्यहरुलाई सम्मान तथा मृतकहरुलाई पाँचौ श्रद्धाञ्जली सभा  सहिद दिवस सम्पन्न गरेका छन् ।

आयोजित कार्यक्रममा रंगेलीका मुख्य बजारका चौकमा सहिद दिवस मनाएका हुन । आयोजित कार्यक्रममाको प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारीणी सदस्य शरदसिंह भण्डारीले प्रधानमन्त्री केपी ओलीको कदमले मधेश आन्दोलनबाट प्राप्त अधिकारहरु जोखिममा परेको बताएका छन् । 

आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता भण्डारीले आफूहरु अहिलेको संविधानमा प्राप्त अधिकारलाई संरक्षण गर्दै अपुरो रहेको हकअधिकारको लडाईमा रहेको बताए । तर प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था नै नरहेको अधिकार प्रयोग गरि प्रतिनिधिसभा विघटन गरेको उनले बताए । उनले भने ‘प्रधानमन्त्रीले संघीयतासहित प्राप्त अधिकारहरुलाई मास्ने नियत राखेर संसद विघटन गरेका हुन्, उहाँ ४७ सालकै संविधानतर्फ फर्किदै हुनुहुन्छ । 

नेता भण्डारीले न्यायालयले संविधानको सही व्याख्या गरेर जनतालाई न्यायालयप्रतिको विश्वास दिलाउने विश्वास व्यक्त गरे। सो अवसरमा मधेश आन्दोलनका क्रममा सहिद भएका द्रोपतिदेवी चौधरी, शिवु माझी र महादेव ऋषिदेव गरी तीनजना सहिद परिवारलाई सम्मानसमेत गरिएको थियो । 

आयोजित कार्यक्रममा जसपाका केन्द्रीय सदस्य अर्मेन्द्र सिंह, सञ्जय सिंह, शंकरप्रसाद साह, महिला नेतृ रञ्जु बर्मा, दलित केन्द्रीय अध्यक्ष श्याम सरदार, प्रदेशसभा सदस्य जयराम यादव, जिल्ला अध्यक्ष राजकुमार यादव, शिशुपाल यादव ,शंकर प्रसाद साह, पन्नालाल मंण्डल   लगायतले प्रधानमन्त्रीले गरेका कामका बारेमा टिप्पणी समेत   गरेका थिए ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...