News Portal

मोरङका वित्पन्न परिवारलाई श्रीमती संधद्वारा कम्बल तथा लत्ता कपडा वितरण

हिमालीसंचार संवाददाता
४८० पटक

रबिन्द्र बराल/मोरङ- मोरङको धनपालथान गाउपालिका-३, स्थित बेतौना र रंगेली नगरपालिका-२, मेडी टोलका अति बिपन्न  दलित, जेष्ठ नागरिक तथा अपाङ्ग र सुत्केरी महिलाहरुलाई कम्वल वितरण गरिएको छ ।

प्रदेश नम्बर १ मा स्थापना भएको प्रदेश प्रहरी कार्यालय श्रीमती सघंले एक कार्यक्रमको आयोजना गरी उक्त गाउँमा रहेका अतिविपन्न १ सय घर परिवारलाई नयाँ कम्लव वितरण गरेका छन। श्रीमती संघले गरिव  र अतिविपन्न परिवारलाई   पुराना टि-सट, प्यान्ट, सुईटर र घरमा बालबालिकाले प्रयोग गरेको कट्टु गन्जि समेत पुरानै वितरण गरेका हुन् । 

बालबालिकाहरुलाई दिएका कुनै लुगा समेत बालबालिकालाई नहुने खाल्का वितरण गरेका थिए । उनीहरुले बेतौनामा रहेका गरिव परिवारलाई कम्वल नयाँ वितरण गरेता पनि पाँच झोला पुरानो लुगा समेत वितरण गरेका हुन्। गरिव परिवारलाई पुरानो र च्यात्तिएको र सबै लुगा शरीर भन्दा ठुलो वितरण गरेका थिए।

आयोजित कार्यक्रममा श्रीमती संघका अध्यक्ष श्रीजना थापा कार्की, संघका मुना राज भण्डारी, मौसम देवकोटा, भावना अधिकारी, मुना रेग्मी, सुमन खरेल, श्रीजना रायमाझी र संगिता गिरी, वडाअध्यक्ष लगायतले कम्वल तथा पुरानो लुगाहरु वितरण गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...