News Portal

मोरङका वित्पन्न परिवारलाई श्रीमती संधद्वारा कम्बल तथा लत्ता कपडा वितरण

हिमालीसंचार संवाददाता
४३० पटक

रबिन्द्र बराल/मोरङ- मोरङको धनपालथान गाउपालिका-३, स्थित बेतौना र रंगेली नगरपालिका-२, मेडी टोलका अति बिपन्न  दलित, जेष्ठ नागरिक तथा अपाङ्ग र सुत्केरी महिलाहरुलाई कम्वल वितरण गरिएको छ ।

प्रदेश नम्बर १ मा स्थापना भएको प्रदेश प्रहरी कार्यालय श्रीमती सघंले एक कार्यक्रमको आयोजना गरी उक्त गाउँमा रहेका अतिविपन्न १ सय घर परिवारलाई नयाँ कम्लव वितरण गरेका छन। श्रीमती संघले गरिव  र अतिविपन्न परिवारलाई   पुराना टि-सट, प्यान्ट, सुईटर र घरमा बालबालिकाले प्रयोग गरेको कट्टु गन्जि समेत पुरानै वितरण गरेका हुन् । 

बालबालिकाहरुलाई दिएका कुनै लुगा समेत बालबालिकालाई नहुने खाल्का वितरण गरेका थिए । उनीहरुले बेतौनामा रहेका गरिव परिवारलाई कम्वल नयाँ वितरण गरेता पनि पाँच झोला पुरानो लुगा समेत वितरण गरेका हुन्। गरिव परिवारलाई पुरानो र च्यात्तिएको र सबै लुगा शरीर भन्दा ठुलो वितरण गरेका थिए।

आयोजित कार्यक्रममा श्रीमती संघका अध्यक्ष श्रीजना थापा कार्की, संघका मुना राज भण्डारी, मौसम देवकोटा, भावना अधिकारी, मुना रेग्मी, सुमन खरेल, श्रीजना रायमाझी र संगिता गिरी, वडाअध्यक्ष लगायतले कम्वल तथा पुरानो लुगाहरु वितरण गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...