News Portal

मलेसियामा विषाक्त मदिरा प्रकरण : मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, ६ नेपालीको मृत्यु भएको पुष्टी

हिमाली संचार संवाददाता
१०३५ पटक

मलेसियामा– मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीमध्ये ६ जनाको पुष्टी भएको छ । मलेसियास्थित नेपाली दूतावास स्रोतका अनुसार मृत्यु हुनेमध्ये ६ जना नेपालीको पुष्टी भइसकेको छ ।

यसअघि दूतावासस्रोतले ७ जना नेपालीको मृत्यु भएको जानकारी दिएको थियो । तर ७ जनामध्ये १ जना भने नेपालीभाषी म्यानमारका नागरिक रहेको बताइएको छ ।

विषाक्त मदिरा सेवनका कारण सेलाङगोर र क्वालालुम्पुरक्षेत्रमा १९ जनाको मृत्यु भइसकेको छ ।

विभिन्न पसलमा सिलबन्दी

यसैबीच मलेसिया प्रहरीले कालाङ उपत्यकाका विभिन्न मदिरा पसलमा शिलबन्दी गरेको छ । खाद्य गुणस्तर मापदण्ड पूरा नगरेको मदिरा उत्पादन तथा विक्री वितरण गरेको भन्दै केही पसलबाट मदिरा जफत गरी सिलबन्दी गरिएको मलेसियाली सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन् ।

मदिरा नपिउन सरकारको अपिल
यसैबीच मलेसियाको स्वास्थ्य मन्त्रालयले तत्कालका लागि उक्त क्षेत्रको मदिरा नपिउन सर्वसाधरणलाई आग्रह गरेको छ । प्रारम्भिक अनुसन्धानमा यस्ता कम गुणस्तरका मदिरामा मिथानोलको मात्रा बढी भेटिएको र यसले स्वास्थ्यमा गम्भिर असर गरेको पाइएको छ ।

५१ जना बिरामी, १४ को अवस्था अझै गम्भीर
मलेसियाको स्वास्थ्य मनत्रालयले जनाएअनुसार विषाक्त मदिरा सेवनका कारण ५१ जना बिरामी परेका थिए । बिरामी परेका ५१ जनामध्ये ४८ जना विदेशी नागरिक भएको मलेसिया सरकारले बताएको छ । जसमा नेपाली, म्यानमार, बङ्गलादेशी र इण्डोनेसियन रहेका छन् । बिरामी परेकामध्ये जसमध्ये १९ जनाको मृत्यु भइसकेको छ भने १४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । बिरामीमध्ये धेरै नेपाली नागरिक रहेको बताइएको छ ।

क्वालालम्पुरका पुलिस कमिस्नर माजलान मानसोरले ६  नेपालीसहित १९ जनाको मृत्यु भइसकेको र १४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको पुष्टि गरेका छन् । अन्य बिरामीमध्ये केहीलाई डिस्चार्ज गरिएको र केहीलाई अस्पतालमै अनुगमनमा राखी उपचार भइरहेको छ । मृत्यु हुनेमध्ये ३ जना नेपालीको सनाखत भएको छ । मृत्यु हुनेमा वर्ष २६ का विशाल बुढाथोकी र वर्ष २९ का सञ्जय उराउ तथा उमेर नखुलेका आइतसिंह गोले तामाङको सनाखत भएको छ । अन्य ३ नेपालीको नाम भने सार्वजनिक भएको छैन ।

अस्पतालमा उपचाररत बिरामीहरुका अनुसार उनीहरुले कालाङ उपत्यकाका विभिन्न पसलबाट म्याण्डले र ग्राण्ड रोयल ह्वीस्की तथा किंगफिसर बियर सेवन गरेका थिए ।

अस्पतालमा उपचाररत बिरामीहरुमा वान्ता आउने र स्वास फेर्न गाह्रो हुने समस्या देखिएको छ । सबैजसो बिरामीलाई एउटै लक्षण देखिएको र उनीहरु सबैले यी तीनमध्ये कुनै एक मदिरा सेवन गरेको पाइएको छ ।

यस विषयलाई समेटेर मलेसियास्थित नेपाली दूतावासले प्रेस विज्ञप्ति जारी गर्ने तयारी गरेको मलेसियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार खरेलले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...