News Portal

प्रदेश नं.१ विराटनगर सभाहलमा झिक्न नमिल्ने गरी कुर्सीहरु जोडियो

हिमालीसंचार संवाददाता
३८७ पटक

विराटनगर – प्रदेश नं. १ प्रदेशसभाले माघ-७ गतेदेखि हिउँदे अधिवेशनको तयारी गरेको छ । सभाहलमा झिक्न नमिल्ने गरी कुर्सीहरु जडान गरिएको छ।

यस अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव निर्णयार्थ पेस हुनेछ। संसद विघटनसँगै फुटेको नेकपाको प्रचण्ड-माधव समूहले ओली समूहमा रहेका मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

दुवै समूहले एकअर्का समूहमा लागेका प्रदशेसभा सांसदलाई कारबाही गरेकाले प्रदेशसभाको यो अधिवेशन सहज नहुन सक्छ । त्यसलाई मध्यनजर गर्दै प्रदेशसभा सचिवालयले १० जना मर्यादा पालक थप गरेको छ। प्रदेश सचिव गोपालप्रसाद पराजुलीका अनुसार यसअघि ४७ जना मर्यादापालक रहेका थिए ।

यस्तै, सभाहलमा सांसदहरु बस्ने कुर्सीलाई झिक्न (उचाल्न) नमिल्ने गरी एकआपसमा जोडेर वेल्डिङ गरिएको छ। प्रदेशको राजधानीको विषयबारे निर्णय गर्ने बेला प्रदेश ५ मा केही सांसदहरुले कुर्सी तोडफोड गरेका थिए । त्यस्तो अवस्था आए कुर्सी उचाल्न नमिलोस् र सांसदहरु बस्दा नहल्लियोस् भनेर वेल्डिङ गरिएको हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...