News Portal

  • नारायणकाजी श्रेष्ठले मागे प्रधानमन्त्री ओलीको राजीनामा

    हिमालीसंचार संवाददाता
    ४३३ पटक

    काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

    प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओली त्यही प्रतिनिधि सभाबाट चुनिएको प्रधानमन्त्री पदमा बस्न नमिल्ने श्रेष्ठको तर्क छ। उनले यो कुरा दाङ जिल्ला कमिटीले गरेको कार्यक्रममा बोल्दै ओली प्रधानमन्त्री भइरहन नमिल्ने बताएका हुन्। ‘उहाँ आफैँले प्रतिनिधि सभा विघटन गर्नुभयो। प्रतिनिधि सभा नभएको अवस्थामा उहाँ प्रधानमन्त्री भइरहन मिल्छ? जे गरे पनि हुन्छ? पेल्ने?,’ उनले भने, ‘जवरजस्ती गर्ने? जे गरे पनि हुने?’

    उनले ओली सरकार कामचलाउ भएको पनि बताएका छन्। ‘न राष्ट्रपतिले काम चलाउ भन्नु छ। न आफूले प्रधानमन्त्रीबाट राजीनामा दिनु छ,’ ओलीप्रति लक्षित गर्दै उनले भने। आफू प्रधानमन्त्री नहुने अवस्थामा ओलीले लोकतन्त्र र संविधान नचाहिनेजस्तो गरेको उनले बताएका छन्।

    ‘आफू प्रधानमन्त्री नभए पछि त्यो लोकतन्त्र चाहिँदैन, संविधान चाहिँदैन?,’ उनले भने ‘ यही हो केपीको कुरा? एउटा पदका लागि लोकतन्त्र हो? जिन्दगीभर पद दिन यो लोकतन्त्र ल्याएको हो?’ ओलीले पार्टी एकता पनि प्रधानमन्त्रीको पदका लागि गरेको श्रेष्ठको आरोप छ। 

    ‘आफ्नो पद गुम्न थाल्यो भने पार्टी पनि चाहिएन भनेर पार्टी फूटाउन खोज्ने?,’ श्रेष्ठले प्रश्न गरे, ‘गुट बनाउन खोज्ने, गुटको भेला गर्ने? हैन यो के तरिका हो? यही हो ओलीको बाध्यता। लाज लाग्दैन, सरम लाग्दैन?’ भनेर श्रेष्ठले कडा आलोचना गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भीम रावलको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

    काठमाडौँ, कार्तिक २४ — पूर्वएमाले उपाध्यक्ष भीम रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब...

    इक्वेडरको मचाला जेलमा दङ्गा : ३१ कैदीको मृत्यु

    क्विटो, कार्तिक २४  — इक्वेडरको मचाला जेलमा आइतबार भएको हिंसात्मक भिडन्तमा कम्तीमा ३१ कैदीको मृत्यु...

    काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्।...

    उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

    काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल”...

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...