News Portal

न्यायाधीशहरुसँग भेटघाट गरेको प्रमाणित गर्न ओलीको चुनौती

हिमालीसंचार संवाददाता
४७५ पटक

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले न्यायाधीशहरुसँग भेटघाट भएको भन्ने समाचारको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका छन् । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले न्यायाधीससँग भेटघाट भएको भन्ने समाचार झुटो दाबी गर्दै प्रमाणित गर्न चुनौती दिएका हुन ।

उनले भने, ‘न्यायाधीशसँगको भेटबारे के प्रमाणित गर्न सक्छन् ? उनीहरुलाई प्रमाणित गर्नु नै छैन । न्यायालयविरुद्ध हल्ला फिँजाउनु मात्र छ ।’ ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र धवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादामाथि हमला गर्ने तथा हुर्मत लिने काम गरेको आरोप लगाए ।

निर्वाचन आयोगलाई निर्वाचन नगर्न आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयन विपरीतको काम गरेको समेत उनले आरोप लगाए । बैठकमा उनले आफूले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरूको जवाफदेहिता लिन तयार रहेको बताए ।

आफूले कानुनसम्मत् काम गरेकोले जवाफदेहिता लिने उनको भनाइ थियो । लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा रहेर आफूले काम गरेको समेत बताए । उनले पार्टी विभिन्न गुट उपगुटमा विभक्त भएकाले एकीकरण प्रक्रिया सम्पन्न हुन नसकेको बताए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...