News Portal

जर्नेल शाहकाे विदाई नेपाली सेनाकाे इतिहासमै पहिलाेपटक भएकाे चर्चा

हिमालीसंचार संवाददाता
७०० पटक

काठमाडौँ – नेपाली सेनाका उपरथी (जर्नेल, विशिष्ट श्रेणी)का सुवर्ण शाह २०७७ पुस २९ गतेबाट अवकास भएका छन्। नेपाली सेनामा २०४१ सालमा भर्ना भएका उपरथी शाह उमेर हदकाे कारणबाट अवकास भएका हुन्। दुई तारे जर्नेल शाहले नेपाली सेनामा साँढे ३६ वर्ष सेवा गरेर अवकास भएका छन्।

उपरथी शाहकाे विदाई नेपाली सेनाकाे इतिहासमै पहिलाेपटक भएकाे चर्चा नेपाली सेनाका अधिकृतहरूले गरेका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाकाे निर्देशनमा उपरथी सुवर्ण शाहकाे विदाई २०७७ पुस २७ गते विशेष रूपमा औपचारिक कार्यक्रमकाे आयाेजना गरेरै गरिएको थियाे।

नेपाली सेनाकाे विशिष्ट पदसम्म पुगेर नेपाल राष्ट्र र नेपाली सेनाकाे संस्थागत हितमा काम गर्दा कुनै विवाद नपरी निष्कलंक छवि बनाएर उपरथी सुवर्ण शाह औपचारिक रूपमा विदा हुने पहिलाे जर्नेल बनेका छन्।

भद्र स्वभावका शालिन व्यक्तित्वका धनी जर्नेल शाहकाे बारेमा नेपाली सेनाले पीएसओहरूकाेसमेत उपस्थितिमा शाहले सेवामा रहँदा पुर्याएकाे याेगदानकाे वारेमा प्रस्तुति गरेर र मायाँकाे चिनाेसमेत प्रदान गरेकाे थियाे। आफ्नाे प्राेफेसनलमा इमानदार बन्दै स्वच्छ छवि कायम राखेर नेपाली सेनाबाट औपचारिक रूपमा विदा भएपनि जर्नेल शाहले संस्थाकाे हितमा जीवनभर समर्पित रहने बताएका छन्।

प्रतिकृया दिनुहोस्

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...