News Portal

जर्नेल शाहकाे विदाई नेपाली सेनाकाे इतिहासमै पहिलाेपटक भएकाे चर्चा

हिमालीसंचार संवाददाता
७५५ पटक

काठमाडौँ – नेपाली सेनाका उपरथी (जर्नेल, विशिष्ट श्रेणी)का सुवर्ण शाह २०७७ पुस २९ गतेबाट अवकास भएका छन्। नेपाली सेनामा २०४१ सालमा भर्ना भएका उपरथी शाह उमेर हदकाे कारणबाट अवकास भएका हुन्। दुई तारे जर्नेल शाहले नेपाली सेनामा साँढे ३६ वर्ष सेवा गरेर अवकास भएका छन्।

उपरथी शाहकाे विदाई नेपाली सेनाकाे इतिहासमै पहिलाेपटक भएकाे चर्चा नेपाली सेनाका अधिकृतहरूले गरेका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाकाे निर्देशनमा उपरथी सुवर्ण शाहकाे विदाई २०७७ पुस २७ गते विशेष रूपमा औपचारिक कार्यक्रमकाे आयाेजना गरेरै गरिएको थियाे।

नेपाली सेनाकाे विशिष्ट पदसम्म पुगेर नेपाल राष्ट्र र नेपाली सेनाकाे संस्थागत हितमा काम गर्दा कुनै विवाद नपरी निष्कलंक छवि बनाएर उपरथी सुवर्ण शाह औपचारिक रूपमा विदा हुने पहिलाे जर्नेल बनेका छन्।

भद्र स्वभावका शालिन व्यक्तित्वका धनी जर्नेल शाहकाे बारेमा नेपाली सेनाले पीएसओहरूकाेसमेत उपस्थितिमा शाहले सेवामा रहँदा पुर्याएकाे याेगदानकाे वारेमा प्रस्तुति गरेर र मायाँकाे चिनाेसमेत प्रदान गरेकाे थियाे। आफ्नाे प्राेफेसनलमा इमानदार बन्दै स्वच्छ छवि कायम राखेर नेपाली सेनाबाट औपचारिक रूपमा विदा भएपनि जर्नेल शाहले संस्थाकाे हितमा जीवनभर समर्पित रहने बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...