News Portal

लोडसेडिङ मैले हटाएको हुँ, जस अर्कैले पायो : मन्त्री रायमाझी

हिमालीसंचार संवाददाता
३३९ पटक

काठमाण्डौ – उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले कुलमान घिसिङलाई आफूले नै नेपाल विद्युत प्राधिकरणमा ल्याएको दाबी गरेका छन् ।

उनले नेपालमा लोडसेडिङ हटाउने कार्ययोजना आफूले बनाएको र सोही अनुसार घिसिङलाई प्राधिकरणमा ल्याएको दाबी गरेका हुन् । शुक्रबार बुटवलमा पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले भने:  “नेपालबाट लोडसेडिङ हटाएको जस आफूले नपाएको गुनासो गरे ।”

‘उर्जा संकट हटाउन ९९ बुँदे कार्ययोजना मैले तयार गरेको हुँ, कुलमान घिसिङलाई मैले नै राखेको हुँ,’ उनले भने, तर सरकार ढलेपछि लोडसेडिङ हटाएको जस अर्कैले लियो ।’ यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालबाट आफुले लोडसेडिङ हटाएको दाबी गरेका थिए ।

उनले लोडसेडिङ हटाउने आफू रहेको तर आफ्नो भन्दा कुलमान घिसिङको चर्चा बढी भएपछि उनलाई विद्युत प्राधिकणमा पुनः नियुक्ती नगरिएको पनी बताएका थिए । पत्रकारहरुसँग मन्त्री रायमाझी एमसीसीबारे पनि तुरुन्तै निर्णय लिनुपर्ने बताएका छन्।

उनले भने, ‘एमसीसी लागू गरौ या खारेज गरौ । तर, अब अलमलको अवस्थामा बस्नु हुँदैन । म घनिभुत छलफल गरिरहेको छु, छिट्टै निर्णयमा पुग्छु ।’ प्रधानमन्त्रीले मुलुकको स्थिरताका लागि संसद भंग गरेर निर्वाचनको घोषणा गरेको भन्दै अब सबै दलहरुले चुनावमा होमिनुपर्ने पनी बताए ।

प्रतिकृया दिनुहोस्

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...