News Portal

लोडसेडिङ मैले हटाएको हुँ, जस अर्कैले पायो : मन्त्री रायमाझी

हिमालीसंचार संवाददाता
३८८ पटक

काठमाण्डौ – उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले कुलमान घिसिङलाई आफूले नै नेपाल विद्युत प्राधिकरणमा ल्याएको दाबी गरेका छन् ।

उनले नेपालमा लोडसेडिङ हटाउने कार्ययोजना आफूले बनाएको र सोही अनुसार घिसिङलाई प्राधिकरणमा ल्याएको दाबी गरेका हुन् । शुक्रबार बुटवलमा पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले भने:  “नेपालबाट लोडसेडिङ हटाएको जस आफूले नपाएको गुनासो गरे ।”

‘उर्जा संकट हटाउन ९९ बुँदे कार्ययोजना मैले तयार गरेको हुँ, कुलमान घिसिङलाई मैले नै राखेको हुँ,’ उनले भने, तर सरकार ढलेपछि लोडसेडिङ हटाएको जस अर्कैले लियो ।’ यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालबाट आफुले लोडसेडिङ हटाएको दाबी गरेका थिए ।

उनले लोडसेडिङ हटाउने आफू रहेको तर आफ्नो भन्दा कुलमान घिसिङको चर्चा बढी भएपछि उनलाई विद्युत प्राधिकणमा पुनः नियुक्ती नगरिएको पनी बताएका थिए । पत्रकारहरुसँग मन्त्री रायमाझी एमसीसीबारे पनि तुरुन्तै निर्णय लिनुपर्ने बताएका छन्।

उनले भने, ‘एमसीसी लागू गरौ या खारेज गरौ । तर, अब अलमलको अवस्थामा बस्नु हुँदैन । म घनिभुत छलफल गरिरहेको छु, छिट्टै निर्णयमा पुग्छु ।’ प्रधानमन्त्रीले मुलुकको स्थिरताका लागि संसद भंग गरेर निर्वाचनको घोषणा गरेको भन्दै अब सबै दलहरुले चुनावमा होमिनुपर्ने पनी बताए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...