News Portal

ओलीका कारण लोकतन्त्र र संघीयता खतरामा, आशन ग्रहणमै लफडा

हिमालीसंचार संवाददाता
४५३ पटक

सुनिल ठाकुर,
मलंगवा – जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीका कारण लोकतन्त्र र संघीयता खतरामा परेको बताएका छन्। सर्लाही सदरमुकाम मलंगवामा आयोजना गरिएको जनप्रदर्शन एवं विरोधसभालाई सम्बोधन गर्दै नेता महतोले संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको बताए।

प्रधानमन्त्री ओलीले संविधानमै नरहेको व्यवस्था लागु गरेर देशलाई प्रतिगमनको दिशामा धकेलेको आरोप उनको छ। पाँच वर्ष देश चलाउनका लागि मत दिएको थियो। प्रधानमन्त्रीले ३ वर्षमै जनताको मतलाई अपमानित गर्ने काम गरेका छन्।

जनताको मत र लोकतन्त्रमाथि प्रहार गर्दै ओलीले ठूलठूला आन्दोलिनबाट प्राप्त भएको उपलब्धिलाई हत्या गर्ने काम गरेका छन्’, उनले भने। ‘ओलीले राणा र राजा जस्तो शासन गर्न खोज्दै छन्। अहिलेको कदम लोकतान्त्रिक मूल्यमान्यता माथिको आक्रमण हो।’

संविधान बनाउने बेलामा हिमाल, पहाड, तराई मधेसका जनतालाई विभेद गरेका ओलीले फेरि असंवैधानिक कदम चालेको उनको आरोप छ। प्रचण्ड र ओली बीचको झगडाको कारण जनतालाई दुःख भएको महतोले बताए। लोकतान्त्रको रक्षाको लागि अब फेरि लड्नुपर्ने उनको भनाइ छ।

आशन ग्रहणमै लफडा !
आयोजकले आशन ग्रहणमा मर्यादाक्रम बिगारेको भन्दै एक निर्वतमान सांसद, २ विधायक र एक जना केन्द्रीय सदस्यले मञ्चमा आशन ग्रहण गरेन्। मर्यादाक्रमको ख्याल नगर्दा निर्वतमान संघीय सांसद प्रमोद साह, प्रदेश सांसद संजयकुमार यादव, निराकुमारी साह र केन्द्रीय सदस्य अशोक सिंह कोइरीले आशन ग्रहण गरेन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...