News Portal

  • कम्युनिष्टको पतन तय भएकोले यो लडाईको नेतृत्व गर्न तयार छु- काङ्ग्रेस नेता रविप्रकाश राई

    हिमालीसंचार संवाददाता
    ७३३ पटक

    खोटाङ-काङ्ग्रेसका युवा नेता रविप्रकाशले कम्युनिष्टको पतन तय भएको र यो लडाईको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन। शनिवार नेपाली काङ्ग्रेसकाे केन्द्रिय सर्कुलर अनुसार ७५३ वटै पालीकामा काङ्ग्रेस विरोधमा उत्रिएको हो। त्यसैगरी खोटाङका १० वटै पालीकामा समेत र्याली सहित विरोध सभाको आयोजना गरिएको थियो।

    खोटाङको ऐशेलुखर्क गाउपालीकाको कमाण्ड सम्हालेका नेपाली काङ्ग्रेसका युवा नेता एवं महासमिती सदस्य रविप्रकाश राईले, कम्युनिष्टहरुले जनतालाई ठूलो आशा र भरोसा देखाएर निर्वाचित भएपनी जनताको विश्वासको भारि थाम्न नसकेर बदनाम भएको बताएका छन। तीन वर्षसम्म भ्रष्टाचार र वेतिथिमा लिप्त हुने र आफ्नो भारी भरिएपछी आफ्नो वास्तविक चरित्रमा उत्रीएर सत्ताको जुङ्गे लडाईमा कम्युनिष्टहरु सति गएको समेत बताए।

    कम्युनिष्टहरु जुधे जुधुन, जे गरून् त्यो उनिहरुको आन्तरिक संघर्षको कुरा हो, तर उनिहरु जुधेर देश र संविधानको लक्ष्य विर्सनुले हामीलाई अक्रोशित बनाएको छ। ७० वर्ष लामो नेपाली जनताको संविधान सभाबाट संविधान निर्माण गर्ने सपना सफल भइसके पछि कम्युनिष्टहरु आएर संविधान र संसदिय व्यवस्था माथी घात गरेको समेत नेता राईले बताए।

    सभाका प्रमुख अतिथी समेत रहेका नेता राईले, संसदीय व्यवस्थाका पक्षधर कहिलै नरहेका कम्युनिष्टहरुको हातमा सरकारको कमान्ड रहनु भनेको बादरको हातमा नरिवल सरह भएको छ। कम्युनिष्टहरुले गरेको व्यवस्था माथिकै घातको प्रतिकार अब नेपाली जनताले अवश्य गर्ने नेता राईले बताए। त्यसैगरी जनता र कार्यकर्तालाई ढाडस दिदै कम्युनिष्ट नेपाली इतिहास र समृद्धिको खलनायक भएको र अब नेपाली काङ्ग्रेसले नेपालमा समृद्धिको नेतृत्व गर्न नवीन उर्जा सहित तयार रहेको बताए।

    गर्जनका साथ नेता राईले, आफ्ना कार्यकर्ता साथै सर्वसाधारण जनतालाइ दर्हो खुट्टा टेकि कम्युनिष्टको भ्रम र ज्यादतिलाई चिर्न तयार रहन र यसको नेतृत्व अब आफुले लिन तयार रहेको समेत बताए। साथै नेता राईले, ओलितन्त्रको अन्त्य तय भएको र ओलिको निरङ्कुशताको साक्षी र साथी समेत बनेकोमा खोटाङबाट निर्वाचित विशाल भट्टराई प्रती आक्रोश समेत पोखे।

    प्रमुख अतिथी राईका साथसाथै पालिका सभापति हरेराम राजाभन्डारी, बिशेष अतिथिहरु महधिबेसन प्रतिनिधि प्रकाश बिक, जिल्ला सदस्य एवं ऐसेलुखर्क वडा दुइका अध्यक्ष शन्तबीर तमाङ, पुर्व महधिबेसन प्रतिनिधि एवं ऐसेलुखर्क गाउपालिका अध्यक्ष विश्व निरौला, जिल्ला सदस्य ऐसेलुखर्क वडा नं. ३ का अध्यक्ष राजेश राजभन्डारी र अतिथिहरु तरुण दल जिल्ला उपाध्यक्ष सन्जय राई, नेबिसंघ क्षेत्रिय सचिब ईस्वर राई, नेबी संघ जिल्ला सदस्य प्रतिक आचार्य, तरुण दल दिरुम नगर सचिब बिधान थापा, दिक्तेल क्याम्पस नेबीसंघ इकाई सभापति सुमन आचार्य सहित कार्यकर्ता र सर्वसाधारण जनता समेतको बाक्लो उपस्थिती थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    इक्वेडरको मचाला जेलमा दङ्गा : ३१ कैदीको मृत्यु

    क्विटो, कार्तिक २४  — इक्वेडरको मचाला जेलमा आइतबार भएको हिंसात्मक भिडन्तमा कम्तीमा ३१ कैदीको मृत्यु...

    काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्।...

    उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

    काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल”...

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...