News Portal

कम्युनिष्टको पतन तय भएकोले यो लडाईको नेतृत्व गर्न तयार छु- काङ्ग्रेस नेता रविप्रकाश राई

हिमालीसंचार संवाददाता
७७५ पटक

खोटाङ-काङ्ग्रेसका युवा नेता रविप्रकाशले कम्युनिष्टको पतन तय भएको र यो लडाईको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन। शनिवार नेपाली काङ्ग्रेसकाे केन्द्रिय सर्कुलर अनुसार ७५३ वटै पालीकामा काङ्ग्रेस विरोधमा उत्रिएको हो। त्यसैगरी खोटाङका १० वटै पालीकामा समेत र्याली सहित विरोध सभाको आयोजना गरिएको थियो।

खोटाङको ऐशेलुखर्क गाउपालीकाको कमाण्ड सम्हालेका नेपाली काङ्ग्रेसका युवा नेता एवं महासमिती सदस्य रविप्रकाश राईले, कम्युनिष्टहरुले जनतालाई ठूलो आशा र भरोसा देखाएर निर्वाचित भएपनी जनताको विश्वासको भारि थाम्न नसकेर बदनाम भएको बताएका छन। तीन वर्षसम्म भ्रष्टाचार र वेतिथिमा लिप्त हुने र आफ्नो भारी भरिएपछी आफ्नो वास्तविक चरित्रमा उत्रीएर सत्ताको जुङ्गे लडाईमा कम्युनिष्टहरु सति गएको समेत बताए।

कम्युनिष्टहरु जुधे जुधुन, जे गरून् त्यो उनिहरुको आन्तरिक संघर्षको कुरा हो, तर उनिहरु जुधेर देश र संविधानको लक्ष्य विर्सनुले हामीलाई अक्रोशित बनाएको छ। ७० वर्ष लामो नेपाली जनताको संविधान सभाबाट संविधान निर्माण गर्ने सपना सफल भइसके पछि कम्युनिष्टहरु आएर संविधान र संसदिय व्यवस्था माथी घात गरेको समेत नेता राईले बताए।

सभाका प्रमुख अतिथी समेत रहेका नेता राईले, संसदीय व्यवस्थाका पक्षधर कहिलै नरहेका कम्युनिष्टहरुको हातमा सरकारको कमान्ड रहनु भनेको बादरको हातमा नरिवल सरह भएको छ। कम्युनिष्टहरुले गरेको व्यवस्था माथिकै घातको प्रतिकार अब नेपाली जनताले अवश्य गर्ने नेता राईले बताए। त्यसैगरी जनता र कार्यकर्तालाई ढाडस दिदै कम्युनिष्ट नेपाली इतिहास र समृद्धिको खलनायक भएको र अब नेपाली काङ्ग्रेसले नेपालमा समृद्धिको नेतृत्व गर्न नवीन उर्जा सहित तयार रहेको बताए।

गर्जनका साथ नेता राईले, आफ्ना कार्यकर्ता साथै सर्वसाधारण जनतालाइ दर्हो खुट्टा टेकि कम्युनिष्टको भ्रम र ज्यादतिलाई चिर्न तयार रहन र यसको नेतृत्व अब आफुले लिन तयार रहेको समेत बताए। साथै नेता राईले, ओलितन्त्रको अन्त्य तय भएको र ओलिको निरङ्कुशताको साक्षी र साथी समेत बनेकोमा खोटाङबाट निर्वाचित विशाल भट्टराई प्रती आक्रोश समेत पोखे।

प्रमुख अतिथी राईका साथसाथै पालिका सभापति हरेराम राजाभन्डारी, बिशेष अतिथिहरु महधिबेसन प्रतिनिधि प्रकाश बिक, जिल्ला सदस्य एवं ऐसेलुखर्क वडा दुइका अध्यक्ष शन्तबीर तमाङ, पुर्व महधिबेसन प्रतिनिधि एवं ऐसेलुखर्क गाउपालिका अध्यक्ष विश्व निरौला, जिल्ला सदस्य ऐसेलुखर्क वडा नं. ३ का अध्यक्ष राजेश राजभन्डारी र अतिथिहरु तरुण दल जिल्ला उपाध्यक्ष सन्जय राई, नेबिसंघ क्षेत्रिय सचिब ईस्वर राई, नेबी संघ जिल्ला सदस्य प्रतिक आचार्य, तरुण दल दिरुम नगर सचिब बिधान थापा, दिक्तेल क्याम्पस नेबीसंघ इकाई सभापति सुमन आचार्य सहित कार्यकर्ता र सर्वसाधारण जनता समेतको बाक्लो उपस्थिती थियो।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्रीलाई भेट्न नसकेपछि ‘प्रधानमन्त्री हराएको’ सूचना वितरण

काठमाडौं । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सुशील कार्कीलाई भेट्न नसकेपछि एक युवाले अनौठो तरिकाले असन्तुष्टि सार्वजनिक...

आज २०८२ साल फागुन १६ गतेको राशिफल

आज फागुन १६, २०८२ ( फेब्रुअरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...

सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि

काठमाडौं, फागुन १५ – साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...