News Portal

लिपुलेक, कालापानी र लिम्पियाधुराबारे दिल्लीमा केही बोलेनन् परराष्ट्रमन्त्री ज्ञवाली

हिमालीसंचार संवाददाता
५३० पटक

काठमाण्डौ – नेपालले सीमाका मुद्धा पनि उठाउने भन्दै तीन दिनका लागि दिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीको बिषयमा कुनै कुरा उठाउन नसकेको देखिएको छ ।

चाहे सँयुक्त आयोगको बैठकमा होस्, चाहे भारतीय समकक्षीसँगको भेटमा वा सार्वजनिक कार्यक्रममा मन्त्री ज्ञवालीको मुखबाट कालापानी, लिपुलेक र लिम्पियाधुराको बिषयमा उच्चरण समेत नगरेको पाईएको छ ।

समग्रमा सीमा समस्या भने पनि लिपुलेकमा भारतले अतिक्रमण गरेर नेपाली भूमिमा बनाएको बाटो, नेपालले जारी गरेको नक्सा र भूमि फिर्ताको बारेमा कुनै अभिव्यक्ति दिन नसकेको देखिएको छ । शुरुमा नक्सा ल्याउदा जसरी पनि भूमि फिर्ता गरिन्छ भन्ने प्रधानमन्त्री ओलीको दाबी थियो ।

तर लामो समय द्धिदेशीय सम्बन्ध नै अवरुद्ध भएर सडकमा जनताको व्यापक आन्द्योलनपछि त्यस्तो प्रतिवद्धता जनाएको सरकारको आधिकारीक प्रतिनिधिले भारतसगँ यस विषयमा छलफल नै गर्न सक्दैनन् भने कसरी भूमि फिर्ता गर्न सक्छ भन्ने चासोको बिषय बनेको छ ।

मन्त्री ज्ञवालीले दिल्लीमा लामो संवोधन गरेको कार्यक्रममा समेत नियतबस नै नेपालको पुरानो नक्सा राखिएको थियो । जसबारे आयोजकलाई पनि नेपालको तर्फबाट केही भनिएन र मन्तव्यमा प्रतिकृया पनि दिईएन ।

आज इण्डियन काउन्सिल वर्ड अफेयर्सले आयोजना गरेको कार्यक्रममा पनि मन्त्री ज्ञवालीले लामो मन्तव्य दिए । तर लिपुलेक, कालापानी, लिम्पियाधुराको बारेमा चर्चा समेत गरेका छैनन् । बरु त्यो कार्यक्रममा राखिएको ब्यानरमा नेपालको नक्सा राखिएको छ तर नेपालले नयाँ नक्सा राखिएको छैन ।

मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षा मन्त्री राजनाथ सिंहलाई पनि भेट्ने भनिएको छ । उनी भोली स्वदेश फर्कनेछन ।

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...