News Portal

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोधमा नेविसंघको देशभर दौड जुलुस

हिमालीसंचार संवाददाता
४०८ पटक

काठमाडौंं – सरकारविरुद्ध आन्दोलनरत नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आज शुक्रबार देशभर दौड जुलुस निकाल्दै छ। मातृ पार्टी कांग्रेसले शनिबारका लागि घोषणा गरेको विरोध प्रदर्शनको पूर्वसन्ध्यामा नेविसंघ देशभर दौड जुलुस निकाल्न लागेको हो।

प्रतिनिधिसभा विघटनविरुद्ध मातृ पार्टीले शनिबारका लागि तय गरेको विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लामा दौड जुलुस निकाल्न लागिएको नेविसंघका अध्यक्ष राजिव ढुंगानाले जानकारी दिए।

उनले शनिबारको विरोध प्रदर्शनलाई प्रभावकारी बनाउनका लागि नेविसंघका जिल्ला कार्यसमितिहरुलाई आ–आफ्नो जिल्लाको पायकपर्ने स्थानमा दौड जुलुस निकाल्न परिपत्र गरिएको बताए।

अध्यक्ष ढुंगानाले काठमाडौंमा दिउँसो ३ बजे त्रिचन्द्र कलेजबाट प्रदर्शनी मार्गसम्म दौड जुलुस निकालिने जानकारी दिए। “काठमाडौं शाखाले दिउँसो ३ बजे त्रिचन्द्र कलेजबाट प्रदर्शनी मार्गसम्म दौड जुलुस निकाल्छ। अन्य जिल्लाको हकमा साथीहरुले आफूलाई पायक पर्ने स्थान र समयमा दौड जुलुस निकाल्नुहुन्छ,” उनले लेखाजोखासँग भने।

कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा सरकारविरुद्ध शनिबार ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गर्दैछ। यस्तै कांग्रैसले माघ ८ गते ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।

नेविसंघले माघ ८ को प्रदर्शन सफल बनाउन माघ ७ गते प्रचारात्मक अभियानका रुपमा ७७ वटै जिल्लामा ‘सिट्टी जुलुस’ निकाल्न भनेको छ। कांग्रेसले यसअघि पुस २५ गते ३३० प्रदेशसभा क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो।

प्रतिकृया दिनुहोस्

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...