News Portal

शेयर बजारमा दैनिक नयाँ रेकर्ड

हिमालीसंचार संवाददाता
४७७ पटक

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले वृद्धि भएर दैनिक नयाँ रेकर्ड कायम गर्ने क्रममा बुधबार १८ दशमलव ८१ अंकले बढेर २२८६ दशमलव ५५ बिन्दुमा पुगेको छ। कुल २०७ वटा कम्पनीको १ करोड ३२ लाखभन्दा बढी कित्ता शेयर ५ अर्ब ९१ करोड ४३ लाख रुपियाँमा खरिद बिक्री भएको छ।

कारोबारमा आएकामध्ये १२९ वटा कम्पनीको शेयरमँल्य बढेको छ भने, ३८ वटाको शेयर मूल्य घटेको छ। साथै ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। नेप्सेमा कारोबार भएका १२ समूहमध्ये १० समँहको परिसूचक घटेको छ भने बाँकी सबैको बढेको छ । त्यस्तै १२ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने, आरम्भ चौतारी, फस्र्ट माइक्रोफाइनान्स, इन्फिनिटि लघुवित्त, नारायणी डेभलपमेन्ट बैंकलगायतका कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। त्यस्तै, मल्टिपर्पस फाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, नेपाल एसबीआई बैंक, सिभिल बैंकलगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।

बुधबारको कारोबारमा नेपाल टेलिकमको सबैभन्दा धेरै २६ करोड ५५ लाख रुपियाँको शेयर किनबेच भएको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको २० करोड ७२ लाख, अपर तामाकोशीको १८ करोड ४९ लाख, शिवम् सिमेन्टको १६ करोड ३६ लाख र एनआईसी एसिया बैंकको १५ करोड ९३ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ। (नेस)

प्रतिकृया दिनुहोस्

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...