News Portal

  • उर्लाबारीमा कोशेली घर संचालनमा, नगर प्रमुख फोगोद्वारा उद्घाटन

    हिमालीसंचार संवाददाता
    ३४९ पटक

    उर्लाबारी – नगरका महिला उद्यमीद्धारा संचालन पाथीभरा कोशेली घर नामक उद्योगको उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले आईतबार उद्घाटन गरेका छन ।

    नगरबासीलाई आफ्नै उद्योगले तयारी गरेका शुद्ध अर्गेनिक खाध्यन्न विक्री वितरण गर्ने उदेश्यले संचालनमा ल्याईएको उक्त घर नगरबासीको हितमा हुने बताउँदै नगर प्रमुख फागोले महिलाहरुको आन्तरिक आम्दानीमा वृद्धि हुने सवै प्रकृतिका उद्योग तथा प्रशिक्षण कार्यमा नगरपालिकाकाको सहयोग सदैव रहने बताएका छन ।

    नेपाल महिला उद्यमशिल महासंघका केन्द्रिय उपाध्यक्ष रुपा श्रेष्ठको अगुवाईमा स्थापित पाथीभरा घरेलु उत्पादन तथा प्रशिक्षण केन्द्रद्धारा संचालित उक्त कोसेली घरले दैनिक घरमा प्रयोग हुने खाध्यन्न, लगाउने कपडा तथा ढाकाका कपडाहरु बजारमा ल्याएको छ ।

    उपाध्यक्ष श्रेष्ठ सहित कविता श्रेष्ठ, मनिषा पोख्रेल, धनमाया वनेम, सिता अधिकारी, निलम कोईराला र संन्तोषी श्रेष्ठको पाच“ लाखको सामुहिक लगानीमा उक्त घर संचालनमा ल्याईएको उद्घाटनका अवसरमा जानकारी गराईएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ८ गतेको राशिफल

    आज मंसिर ८, २०८२ (नोभेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...

    नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

    काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको...

    ‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

     कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर...

    सर्वोच्चमा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

    काठमाडौं, मंसिर ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च...