News Portal

उर्लाबारीमा कोशेली घर संचालनमा, नगर प्रमुख फोगोद्वारा उद्घाटन

हिमालीसंचार संवाददाता
४०४ पटक

उर्लाबारी – नगरका महिला उद्यमीद्धारा संचालन पाथीभरा कोशेली घर नामक उद्योगको उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले आईतबार उद्घाटन गरेका छन ।

नगरबासीलाई आफ्नै उद्योगले तयारी गरेका शुद्ध अर्गेनिक खाध्यन्न विक्री वितरण गर्ने उदेश्यले संचालनमा ल्याईएको उक्त घर नगरबासीको हितमा हुने बताउँदै नगर प्रमुख फागोले महिलाहरुको आन्तरिक आम्दानीमा वृद्धि हुने सवै प्रकृतिका उद्योग तथा प्रशिक्षण कार्यमा नगरपालिकाकाको सहयोग सदैव रहने बताएका छन ।

नेपाल महिला उद्यमशिल महासंघका केन्द्रिय उपाध्यक्ष रुपा श्रेष्ठको अगुवाईमा स्थापित पाथीभरा घरेलु उत्पादन तथा प्रशिक्षण केन्द्रद्धारा संचालित उक्त कोसेली घरले दैनिक घरमा प्रयोग हुने खाध्यन्न, लगाउने कपडा तथा ढाकाका कपडाहरु बजारमा ल्याएको छ ।

उपाध्यक्ष श्रेष्ठ सहित कविता श्रेष्ठ, मनिषा पोख्रेल, धनमाया वनेम, सिता अधिकारी, निलम कोईराला र संन्तोषी श्रेष्ठको पाच“ लाखको सामुहिक लगानीमा उक्त घर संचालनमा ल्याईएको उद्घाटनका अवसरमा जानकारी गराईएको थियो ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...