News Portal

मकाउमा एक नेपाली युवाले ट्रेडिङ कम्पनी संचालनमा ल्याए, आज माधे संक्रान्तिको दिन विशेष शुभारम्भ

हिमालीसंचार संवाददाता
१०८१ पटक

मकाउ – मकाउमा एक नेपाली युवाले एक पछि अर्को सफलतापूर्वक आफ्नो व्यावसाय संचालन गर्दै आएका युवा व्यावसायिक रुस्तम श्रेष्ठले विगत धेरै लामो समयदेखि मकाउमा नेपाली स्वाद, नेपाली परिकार सहित हिमालयन हाउस मकाउ र हिमालयन हाउस ताईपा गरेर दुई वटा नेपाली रेष्टुरेन्ट (मकाउ) स्थित संचालनमा ल्याएका एक सफल व्यावसायी नेपाली युवा श्रेष्ठले पुनः अर्को व्यावसाय आज माधे संक्रान्तिको दिन शुभ साइत पारेर विशेष शुभारम्भ गरेका छन् । 

आज शुभारम्भ गरिएको ट्रेडिङ कम्पनीको शुभारम्भ गर्नका लागि मकाउमा रहेका नेपाली समुदायका दाजुभाई तथा दिदिबहिनीहरुलाई शुभारम्भ कार्यक्रममा उपस्थितको लागि निमन्त्रणा गरिएको थियो। स्थानीय समय अनुसार हिमालयन हाउस “ट्रेड” ११:०० बजे विशेष उद्घाटन गरिएको छ। 

कम्पनीका संचालक रुस्तम श्रेष्ठका अनुसार ग्राहकका लागि सदस्य कार्ड सहित हिमालयन हाउस “ट्रेड” संचालनमा ल्याएका हुन् । नया प्रविधि संचालनमा आएका एम कार्ड, एम पे कार्ड र यसको रिचार्च, विधुत् तथा पानीको विल भूक्तान, फोटोकपी, स्क्यान र विभिन्न काजग पत्रहरुको प्रिन्ट समेत संचालनमा ल्याएका छन्। 

नेपाली समुदायका विभिन्न चाडहरुमा विभिन्न कार्यक्रम यही हिमालयन हाउसमा आयोजना हुने गर्दछ। त्यस्तै, हिमालयन हाउस मकाउले मकाउमा आयोजना हुने हरेक फुटफेस्टिबलहरुमा समेत स्टल राख्दै, नेपाली परिकारको स्वाद दिदै आएका छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...