News Portal

मकाउमा एक नेपाली युवाले ट्रेडिङ कम्पनी संचालनमा ल्याए, आज माधे संक्रान्तिको दिन विशेष शुभारम्भ

हिमालीसंचार संवाददाता
११६७ पटक

मकाउ – मकाउमा एक नेपाली युवाले एक पछि अर्को सफलतापूर्वक आफ्नो व्यावसाय संचालन गर्दै आएका युवा व्यावसायिक रुस्तम श्रेष्ठले विगत धेरै लामो समयदेखि मकाउमा नेपाली स्वाद, नेपाली परिकार सहित हिमालयन हाउस मकाउ र हिमालयन हाउस ताईपा गरेर दुई वटा नेपाली रेष्टुरेन्ट (मकाउ) स्थित संचालनमा ल्याएका एक सफल व्यावसायी नेपाली युवा श्रेष्ठले पुनः अर्को व्यावसाय आज माधे संक्रान्तिको दिन शुभ साइत पारेर विशेष शुभारम्भ गरेका छन् । 

आज शुभारम्भ गरिएको ट्रेडिङ कम्पनीको शुभारम्भ गर्नका लागि मकाउमा रहेका नेपाली समुदायका दाजुभाई तथा दिदिबहिनीहरुलाई शुभारम्भ कार्यक्रममा उपस्थितको लागि निमन्त्रणा गरिएको थियो। स्थानीय समय अनुसार हिमालयन हाउस “ट्रेड” ११:०० बजे विशेष उद्घाटन गरिएको छ। 

कम्पनीका संचालक रुस्तम श्रेष्ठका अनुसार ग्राहकका लागि सदस्य कार्ड सहित हिमालयन हाउस “ट्रेड” संचालनमा ल्याएका हुन् । नया प्रविधि संचालनमा आएका एम कार्ड, एम पे कार्ड र यसको रिचार्च, विधुत् तथा पानीको विल भूक्तान, फोटोकपी, स्क्यान र विभिन्न काजग पत्रहरुको प्रिन्ट समेत संचालनमा ल्याएका छन्। 

नेपाली समुदायका विभिन्न चाडहरुमा विभिन्न कार्यक्रम यही हिमालयन हाउसमा आयोजना हुने गर्दछ। त्यस्तै, हिमालयन हाउस मकाउले मकाउमा आयोजना हुने हरेक फुटफेस्टिबलहरुमा समेत स्टल राख्दै, नेपाली परिकारको स्वाद दिदै आएका छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...