News Portal

संसद् विघटनविरूद्ध माघ ३ गते नेपाली कांग्रेस गंगाजमुना गाउँपालिकाले प्रदर्शन गर्ने

हिमालीसंचार संवाददाता
६०७ पटक

धादिङ – नेपाली कांग्रेस गंगाजमुना गाउँपालिकाद्वारा आयोजित ओली सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमकोविरूद्ध यही माघ ३ गते प्रदर्शन गर्न लागेको छ। यो भन्दा अगाडि पनि नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध देशैभरी नै प्रदर्शन गर्दैअाएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजान लागेकाे कांग्रेसको ठहर छ।

सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण संसद् विघटन भएको ठहर गरेको कांग्रेसले त्यसविरूद्ध प्रदर्शन गर्न लागिएको जानकारी नेपाली कांग्रेस गंगा जमुना गाउँपालिकाकाले हिमालीसंचारलाई जानकारी दियाे।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला पूर्वसभापति रामनाथ अधिकारीको उपस्थिति रहनेछ भने, विशिष्ट उपस्थितिमा उपसभापति भक्त लामा, अतिथि महाधिवेशन प्रतिनिधि दुर्गा दाहाल, अतिथि महिला केन्द्रीय महाधिवेशन प्रतिनिधि कल्पना अधिकारी, अन्य अतिथिमा समितिका सदस्य दलबहादुर अधिकारी, राजेन्द्र अर्याल र जय बाहादुर गुरुङलगायतका नेताहरुको उपस्थीति रहने छ।

त्यस्तै, सो विरोध र्याली तथा बृहत जनसभामा उपस्थित हुन नेपाली कांग्रेस गंगाजमुना गाउँपालिकाले सम्पूर्ण पालिकाबासीहरुलाई उपस्थिति भईदिनुहुन अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...