News Portal

  • करोडौं लागतमा बक्राह खोलामा तटबन्ध 

    हिमालीसंचार संवाददाता
    ३७७ पटक

    रबिन्द्र बराल -मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित निचामारीदेखि पुर्वतर्फबाट बक्राह खोलामा वर्षौंदेखि खतीयोग्य जमिन बाडिका कारण कटान गर्न थालेपछि नगरपालिकाकाे पहलमा उक्त खाेलामा तार जाली र ढुंगाकाे तटबन्ध निर्माणकार्य सुरु गरेको छ । साे खाेलामा अहिले ५ सय मिटर लम्बाईमा तटबन्धकाे काम धमाधम निर्माणकार्य सुरु भईरहेकाे छ ।

    साे खाेलामा आउने बाडिका कारण बर्षाेनी सयौं बिधा खेत खाेलामा परिणत भएपछि पछिल्लो समयमा उक्त खाेलामा तटबन्धको निर्माणकार्य सुरु भएको हाे । प्रदेश सरकारले पृथ्वी ईन्जिनियर्स एण्ड विल्डर्स प्राईभेट लिमिटेडलाई ३ करोडौं ७६ लाख ३० हजार ८ सय ३६ रुपैयाँको लागतमा कटान नियन्त्रणका लागि खाेलामा तटबन्ध निर्माणकार्य  ठेक्का दिएको हाे ।

    साे खाेलामा तटबन्ध भएपछि अबका दिन हरुमा खेतीयोग्य जमिन सुरक्षित रहने र साे क्षेत्र तथा आसपासमा रहेकाे गाउँ घरमा समेत प्रत्येक बर्ष डुवान हुदै आएता पनि साे खाेलाकाे तटबन्धले केही मात्रामा सुरक्षित रहने र डुवान समेत कम हुने बिष्वास रहेको स्थानीयले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...

    भाग्य न्यौपानेले सामाजिक सञ्जालबाट विवादास्पद भिडिओ हटाए

    काठमाडौं, भदौ ३० – युट्युबर भाग्य न्यौपानेमाथि जेनजी प्रदर्शनको क्रममा भ्रामक र उत्तेजक सूचना फैलाएको...

    एनसेलको कार्यालयमा तोडफोड र आगजनी, कम्पनीले प्रहरीमा उजुरी दर्ता

    काठमाडौं, भदौ ३० – काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनापछि...

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...