News Portal

ओलीतिर लागेका पूर्वमाओवादीलाई प्रचण्डको प्रश्न: के जनयुद्ध कुहिएकै फर्सी हो त ?

हिमालीसंचार संवाददाता
५०३ पटक

पोखरा – नेपाल कम्युनिष्ट पार्टी (दाहाल-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली नेतृत्वको समूहमा गएका पूर्वमाओवादीहरुले जनयुद्ध कुहिएको फर्सी भएको कुरा कसरी सुन्न सके होलान् भन्दै व्यंग्य गरेका छन्। नेकपा गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने,’ माओवादी जनयुद्ध लडेका साथीहरु ओलीतिर लागेको देख्दा मलाई लाज लागेको छ।

उनीहरुले जनयुद्धलाई कुहिएको फर्सी भनेर गरिएको टिप्पणी कसरी सुन्न सके होलान् ?, उनले भने, ‘त्यस्ता साथीहरु देखेर मलाई लाज लाग्ने गरेको छ।’ व्यक्ति पार्टी मातहत हुने, अल्पमत बहुमत मातहत हुने भनेर पार्टी एकता गरिएको बताउँदै उनले भने,’ व्यक्ति पार्टी मातहत हुने, अल्पमत बहुमत मातहत हुने भनेर पार्टी एकता गरिएको थियो।

माओवादी जनयुद्धले नेपालमा राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्यो भनेर सही गरिएको छु, दाहालले अगाडि भने, ‘त्यही प्रतिवेदन अहिले पनि कायमै छ। त्यो प्रतिवेदनको मर्म र भावनाविपरीत बोल्दा प्रतिगमनको साक्षी बसेकाहरु के भन्दैछन्। के जनयुद्ध कुहेकै फर्सी हो त ?’

यस्तै, तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणको सहमति हुँदासमेत ओलीले जनयुद्धका उपलब्धी स्वीकार्ने विषयमा सहमति गरेको बताउँदै प्रचण्डले भने, ‘के त्यो केपी ओलीले हस्ताक्षर कीर्ते हो रु यदि त्यसो होइन भने यो बेइमानी हो। कोही पनि क्रान्तिकारीलाई यो स्वीकार्य हुँदैन।’

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...