News Portal

भुटानी शरणार्थी शिविरमा आगलागी, एकको जलेर मृत्यु

हिमालीसंचार संवाददाता
३६९ पटक

राजु पाैडेल
झापा – भुटानी शरणार्थी शिविरभित्रै एक व्यक्तिको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डी ४ हट नम्बर ३२५ का ६० वर्षीय देशमान राई रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार टिन र बाँसको टाटी बेराले बनाएको घरमा सोमबार साँझ साढे ७ बजेको समयमा आगलागी भएको थियो। सोही आगलागीमा परी घरभित्र रहेका राईको जलेर मृत्यु भएको डिएसपी थापाले बताए।

उनी अपाङ्ग भएका कारण घरबाट बाहिर निस्किन नसक्दा सो घटना घटेको शिविर प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए। घरभित्र रहेका परिवारका अन्य दुई सदस्य बाच्न सफल भएको उनको भनाई छ।

आगलागी कारण भने खुल्न नसकेको प्रहरीले जनाएको। कसैले नियोजित रुपमा आगो लगाएको हुन सक्ने शिविरमा बसेकाहरू बताउँछन्। आगलागी सशस्त्र प्रहरी बल बेलडाँगी बेस क्याम्पका जवानहरूले नियन्त्रणमा लिएको थियो।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...